कर्णालीमा एमालेको सरकार बन्ने, मुख्यमन्त्रीमा यमलाल कडेँल पक्का



हाम्रो इकोनोमि

 

अब कर्णालीमा नेकपा एमालेको एकल सरकार गठन हुने भएको छ । यसअघि माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाइ मुख्यमन्त्री बनाउन समर्थन दिएको एमालेले केहीदिनअघि समर्थन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले आज विश्वासको मत माग्दैछन । यद्यपी एमालेले मत नदिँदा उनको मुख्यमन्त्रीको कुर्सी जोगिने अवस्था छैन् । त्यसकारण एमाले संसदीय दलका नेता यमलला कँडेलको नेतृत्वमा कर्णालीमा नयाँ सरकार गठन हुने बाटो खुल्दैछ ।

आज दिउँसो दुई बजे कर्णालीको प्रदेशसभा बैठक बस्दैछ । सोही बैठकममा मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दै हुनुहुन्छ । प्रदेशसभा सचिव जीवराज वुढाथोकीले आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, चार दल रहेको प्रदेश सभामा दलगत धारणा राख्ने कार्यसूची तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्णाली सरकारले सदन नचलेको समयमा ल्याएको दुई अध्यादेश मन्त्रीले सदनमा राख्नेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भन्दै मन्तब्य दिनुहुनेछ । सो पछि सांसदहरुले प्रश्न सोध्नेछन भने मुख्यमन्त्रीले त्यसको जवाफ दिने र अन्तिममा विश्वासको मतको भोटिङ हुने सम्भावित कार्यसूची रहेको छ । कर्णालीमा सरकार बनाउन एमाले एक्लैको मतले पुग्ने निश्चिच छ ।

४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १९ , माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । मुख्यमन्त्री शाहीलाई पदमा रहन २० सांसदको मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...