कर्णालीमा एमालेको सरकार बन्ने, मुख्यमन्त्रीमा यमलाल कडेँल पक्का



हाम्रो इकोनोमि

 

अब कर्णालीमा नेकपा एमालेको एकल सरकार गठन हुने भएको छ । यसअघि माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाइ मुख्यमन्त्री बनाउन समर्थन दिएको एमालेले केहीदिनअघि समर्थन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले आज विश्वासको मत माग्दैछन । यद्यपी एमालेले मत नदिँदा उनको मुख्यमन्त्रीको कुर्सी जोगिने अवस्था छैन् । त्यसकारण एमाले संसदीय दलका नेता यमलला कँडेलको नेतृत्वमा कर्णालीमा नयाँ सरकार गठन हुने बाटो खुल्दैछ ।

आज दिउँसो दुई बजे कर्णालीको प्रदेशसभा बैठक बस्दैछ । सोही बैठकममा मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दै हुनुहुन्छ । प्रदेशसभा सचिव जीवराज वुढाथोकीले आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, चार दल रहेको प्रदेश सभामा दलगत धारणा राख्ने कार्यसूची तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्णाली सरकारले सदन नचलेको समयमा ल्याएको दुई अध्यादेश मन्त्रीले सदनमा राख्नेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भन्दै मन्तब्य दिनुहुनेछ । सो पछि सांसदहरुले प्रश्न सोध्नेछन भने मुख्यमन्त्रीले त्यसको जवाफ दिने र अन्तिममा विश्वासको मतको भोटिङ हुने सम्भावित कार्यसूची रहेको छ । कर्णालीमा सरकार बनाउन एमाले एक्लैको मतले पुग्ने निश्चिच छ ।

४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १९ , माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । मुख्यमन्त्री शाहीलाई पदमा रहन २० सांसदको मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...