कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद धरापमा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।समर्थन फिर्तासहित एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री शाही अहिले अल्पमतमा परेका छन् । आज शुक्रबार दिउँसो बस्ने प्रदेश सभाको बैठकमा शाहीले विश्वासको मत माग्ने भएका छन् ।
४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १९ , माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । मुख्यमन्त्री शाहीलाई पदमा रहन २० सांसदको मत आवश्यक पर्छ ।


