पार्टीलाई एकतावद्ध बनाउन ओलीलाई साथदिन तयार छु : माधव नेपाल



हाम्रो इकोनोमि

 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले माफी मागेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताएका छन् । ‘ एक टेलिभिजनको अन्तर्वार्तामा नेपालले ओलीले माफी मागेर फागुन २ गतेको अवस्थामा एमालेलाई पुर्‍याउनुपर्ने बताए । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हटाउने निर्णय आफूहरूले स्वीकार नगर्ने बताए ।

नेता नेपालले आफूले आत्मालोचना नगर्ने, माफी पनि नमाग्ने बताए । ‘केपी ओली को हुनुहुन्छ र माफी दिने ? उहाँको माफी पनि चाहिएको छैन । उहाँले इतिहाँसबाट माफी माग्नुपर्छ’, उनले भने, ‘म मान्यतामा विश्वास गर्छु । नविराउनु, नडराउनु ।’ एमालेका नेता नेपालले भनेका छन्, ‘म कहिल्यै पनि पहिलो फायर खोल्न चाहन्न । अरुले पनि फायर खोल्दाखेरी त्यसलाई मौका दिन चाहन्छु भने पार्टीको हितमा काम गर्ने बाहेक अहित चिताउने कुरै आउँदैन ।’

‘व्यक्तिका सामु, दम्भका अगाडि कसैले पनि शिर झुक्ने छैन । बुलुन्दीका साथ अगाडि बढिन्छ । सबै दम्भको नास हुन्छ’, नेपालले भने, ‘एमाले पार्टीलाई विभाजन गर्न खोज्नेहरूले विभाजित गरिसके । पार्टीनै भङ्ग गरिसके । पार्टीको केन्द्रीय कमिटीनै भङ्ग गरिदिए ।’ ‘महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई विधान विपरित फालिसके । आफूलाई मन परेका मान्छेलाई रातारात ल्याएर कमिटीमा थापिसके’, उनले भनेका छन् ।

‘विधानले व्यवस्था नगरेपनि । मनपरी ढंगले विधानमा संशोधन, परिवर्तन गरिसके । विधि र विधान नमान्ने मान्छेलाई नियम कानून केही लाग्दैन’, उनले भनेका छन् । ‘पार्टी फुटाउनेले पार्टी फुटाइसकेका छन् । पार्टी कब्जा गरेर बसेका छन् । कब्जा गरेर बसेको दम्भको प्रदर्शन भएको छ’, नेपालले भने, ‘नाङ्गो नृत्य हामीले देखिरहेका छौँ । नाङ्गो नृत्यलाई कसैले सहेर बस्नेवाला छैनन् ।’ एमालेका वरिष्ठ नेता नेपालले ओलीको आलोचना गर्दै एमालेलाई फाउण्डेशन जस्तो बनाएर नचलाउन चेतावनी दिए ।

‘यो पार्टी कसैको निजी पेवा होइन । यो मदन भण्डारी फाउण्डेशन होइन । बुझीराख्नुपर्‍यो । हामीले जन्माएको पार्टी हो’, उनले भने, ‘यसको बीउ रोप्ने काम हामीले गरेका हौँ । अरु त पछि आएका हुन् । केन्द्रीय कमिटीको सदस्य पछि भएका हुन् । मभन्दा १४ वर्ष पछि । म पोलिटब्युरो मेम्बर हुँ ०३२ सालको । अरु पोलिटब्युरो मेम्बर अझै पछाडि भए । त्यस्ताले मेरोसामु फुर्ती लगाउनुपर्ने आवश्यक्ता छैन ।’

नेता नेपालले अध्यक्ष ओलीद्वारा आह्वान गरिएको राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बहिस्कार गर्न अपील गरेका छन् । ‘एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा हामी जाँदैनौँ । त्यो बैठकमा कोही पनि नजानु होला । गुटको बैठकमा जानुुपर्ने आवश्यक्ता छैन’, उनले भनेका छन् ।

‘फागुन २८ गतेको निर्णय अवैध छ । गुटगत छन् । जेठ २ गते स्वीकार गर्नुपर्छ’, उनले भनेका छन्, ‘जेठ २ गतेको सर्वोच्च अदालतको फैसला बमोजिम एमालेमा फर्किनु भनिसकेपछि ०७५ सालको जेठ ३ गते नयाँ पार्टी बन्यो ।’ ‘त्यो पार्टी बन्नुभन्दा पहिला एमालेको जुन अवस्था थियो, जुन संगठनात्मक संरचना, जुन नेतृत्व, पदाधिकारी, सदस्यहरू थिए, तिनीहरूलाई स्वीकार गरेर अगाडि बढ्ने हो’, उनले भने, ‘त्यसमा एकजनाको फेरबदललाई स्वीकार गर्न सकिँदैन ।’

अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई छ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बनमा परेपछि नेपाल समूहले देशभरि समानान्तर कमिटी गठन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...

उपयुक्त समय आए पछि संविधान संशोधन हुन्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय...

काठमाडौं-४ राजन भट्टराईको मास्टर प्लान: डुबान समस्यादेखि स्मार्ट सिटीसम्म

    नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं काठमाडौं क्षेत्र नं. ४...