आफु समर्थन फिर्ता गर्न नसक्ने, अनि सरकार कामचलाउ भयो भन्ने : गोकुल बाँस्कोटा



हाम्रो इकोनोमि

 

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादीको राजनीतिक दृष्टिकोणमाथी प्रतिनिधिसभामा प्रश्न उठाउनु भएको छ । उहाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर राजनीतिक निकास नदिएको बताउनु भयो । उहाले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि कामचलाउ भयो भन्दै हिड्ने गरेकोमा असन्तुष्टि जनाउनु भयो । ‘सरकार काम चलाउ रे ? कसरी हुन्छ ? समर्थन आफू गर्ने ? समर्थन फिर्ता लिन नसक्ने ? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने ? कसरी कामचलाउ भयो ? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ । राजनीतिको मैदान खुल्ला छ’, उहाले संसदको विशेष समयमा बोल्दै भन्नुभयो ।

‘यसरी काम गर्न खोज्दा पनि माखोल उडाउन खोजिन्छ र खुसी व्यक्त गर्न सकिँदैन भने म एउटा प्रश्न गर्न चाहन्छु । आखिर नेपालका राजनीतिक पार्टीहरू के चाहान्छन् । उनको विकासको एजेण्डा के हो ? राजनीतिक मुद्दा के हो रु जनताका बीचमा के भनेर जान चाहेको हो ? स्पस्ट हुनुपर्छ’, बाँस्कोटाले प्रश्न गर्नुभयो । उहाले एजेण्डा विहीन नेतृत्वले केही गर्न नसक्ने भन्दै विरोधका लागि विरोध गर्दा सही गन्तव्यमा पुग्न नसकिने बताउनु भयो । ‘तथ्यमा जान म अनुरोध गर्छु विकास नगर्ने हो भने राजनीतिक दलको औचित्य के ?’, बाँस्कोटको प्रश्न थियो ।

उहाले सरकारले काममै गरेन भनेर उठाएको प्रश्नप्रति टिप्पणी गर्दै भन्नुभयो, ‘सरकारले कामै गरेन भन्नुहुन्छ । सुत्केरी हुन नसकेर छट्पटाएका महिलाको उपचार हुँदा उनीहरुलाई सोध्न हामी को गयौँ ? अचम्म लाग्छ । मृत सपना बोकेर आशावाद राख्न सकिँदैन ।’ त्यस्तै सांसद बास्कोटाले धरहरा बनेको नदेख्नेलाई कानमा रुवा र आखामा चस्मा लाउन सुझाव दिनुभयो । उहाले प्रधानमन्त्रीले अगाडि सारेको पञ्चवर्षीय योजना अघि बढेको देखेर चिन्ता लागेको छ भने थप चिन्ता बढ्नेवाला रहेको बताउनु भयो । ‘विकासलाई हेर्ने दृष्टिकोण बदलौँ । तथ्याङ्कमा खेलौँ । अरोपमा मात्रै हामी समय बर्बाद नगरौँ । बरु जनता दंग नेताहरु भरंग किन भएको ? यो कस्तो ऐठन ? विचित्र भएको छ’, बाँस्कोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...