सार्वजनिक स्थानमा कार्यक्रम नगर्न सरकारको निर्देशन



हाम्रो इकोनोमि

 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले जिल्ला प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य जाँच  र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ ।

एन्टीजेनमा पाेजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ । डीसीसीएमसीको सोमबार बसेको बैठकले सार्वजनिक स्थानमा गरिने कार्यक्रमलाई स्थगित गर्न पनि निर्देशन दिएको छ र गर्नैपरे स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

सबै महानगरपालिकामा संचालित आइसोलेसन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्न पनि भनिएको छ । साथै नगरपालिकाभित्र एकएकवटा आइसोलेसन र क्वारेन्टिनको संचालन तथा व्यवस्थापन गर्नपनि भनिएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने निकायलाई दण्ड एवं जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संक्रमित केसहरुको अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको छ । बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान अन्तर्गत १८ देखि ५९ वर्षे नागरिकलाई चीनमा उत्पादिन सिनोफार्म खोप लगाउने तयारी भएको र यसको समन्वय गर्न पनि भनिएको छ । चिनियाँ खोप बुधबार लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...