नेपालमा फेरी आयो नयाँ प्रजातिको कोरोना



हाम्रो इकोनोमि

 

 

सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट केही दिन अघि नेपाल आएका ३ जना पुरुषमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको मन्त्रालयमा प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । उनीहरू तीनै जना अहिले होम आइसोलेसनमा छन् ।

‘विगतको भन्दा यो फरक प्रकारको छ’ उनले भने, ‘यो कुन हो भन्ने बारे अझै अनुसन्धान भइरहेको छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा फरक प्रकारको कोरोना देखिएको कार्कीले बताए । उनले यस प्रकारको कोरोना तीव्र गतिमा फैलने समेत जनाए । ‘केही दिन अघिसम्म भारतमा हजारको संख्यामा कोरोना संक्रमित थिए । अहिले लाख पुगेका छन्,’ उनले भने ‘नेपालमा पनि यो प्रकारको कोरोनाका संक्रमण तीव्र हुन सक्छ ।’

कैलालीको त्रिनगर नाका हुँदै आएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भइसक्दा पनि उक्त नाकामा हुने लापरबाही अझै कम भएको छैन । न्यून संख्यामा भइरहेको परीक्षण अझै बढ्न सकेको छैन भने परीक्षण पनि कोरोना संक्रमण पुष्टि भएकाहरू पनि सोझै घर गइरहेका छन् । पछिल्लो केही दिनयता भने नयाँ प्रकारको कोरोना भित्रिन थालेपछि संक्रतिमहरुलाई धनगढी उपमहानगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने काम भइरहेको छ । ‘अहिले सम्म करिब ७० जना लाई हामीले आइसोलेसनमा राखेका छौँ’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने । उनले पहिलो चरणमा भारतबाट भित्रिएका तीन संक्रमितहरू सोझै घर पुगेको बताए । ‘उहाँहरू होम आइसोलेसनमा बस्नु भएको छ,’ उनी भन्छन्, ‘अहिले हामीले यहीँ राख्ने व्यवस्था गरेका छौँ ।’

एक महिनामा कैलालीको गौरिफन्टा नाकाबाट करिब १० हजार नेपाली भित्रिएका छन् । ती मध्ये करिब ३ हजार ५ सयको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । परीक्षणको दायरा कम हुँदा पनि संक्रमण फैलन सक्ने जोखिम बढेको छ । नयाँ प्रकारको कोरोना फैलिन नदिन तयारी थालिएको जिल्ला प्रशासन कार्यालय कैलालीको दावी छ । सूचना अधिकारी शिवराज जोशीले नयाँ प्रकारको कोरोना भित्रिएको पुष्टि भइसकेपछि भारतबाट आउने सबैको एन्टिजेन परीक्षण भइरहेको बताए । ‘हामीले तीव्र तयारी गरिरहेका छौँ’ जोशीले भने, ‘अहिले सबैलाई परीक्षण गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा

    एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल...

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली

        एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट...

यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष...