नेपालमा फेरी आयो नयाँ प्रजातिको कोरोना



हाम्रो इकोनोमि

 

 

सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट केही दिन अघि नेपाल आएका ३ जना पुरुषमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको मन्त्रालयमा प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । उनीहरू तीनै जना अहिले होम आइसोलेसनमा छन् ।

‘विगतको भन्दा यो फरक प्रकारको छ’ उनले भने, ‘यो कुन हो भन्ने बारे अझै अनुसन्धान भइरहेको छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा फरक प्रकारको कोरोना देखिएको कार्कीले बताए । उनले यस प्रकारको कोरोना तीव्र गतिमा फैलने समेत जनाए । ‘केही दिन अघिसम्म भारतमा हजारको संख्यामा कोरोना संक्रमित थिए । अहिले लाख पुगेका छन्,’ उनले भने ‘नेपालमा पनि यो प्रकारको कोरोनाका संक्रमण तीव्र हुन सक्छ ।’

कैलालीको त्रिनगर नाका हुँदै आएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भइसक्दा पनि उक्त नाकामा हुने लापरबाही अझै कम भएको छैन । न्यून संख्यामा भइरहेको परीक्षण अझै बढ्न सकेको छैन भने परीक्षण पनि कोरोना संक्रमण पुष्टि भएकाहरू पनि सोझै घर गइरहेका छन् । पछिल्लो केही दिनयता भने नयाँ प्रकारको कोरोना भित्रिन थालेपछि संक्रतिमहरुलाई धनगढी उपमहानगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने काम भइरहेको छ । ‘अहिले सम्म करिब ७० जना लाई हामीले आइसोलेसनमा राखेका छौँ’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने । उनले पहिलो चरणमा भारतबाट भित्रिएका तीन संक्रमितहरू सोझै घर पुगेको बताए । ‘उहाँहरू होम आइसोलेसनमा बस्नु भएको छ,’ उनी भन्छन्, ‘अहिले हामीले यहीँ राख्ने व्यवस्था गरेका छौँ ।’

एक महिनामा कैलालीको गौरिफन्टा नाकाबाट करिब १० हजार नेपाली भित्रिएका छन् । ती मध्ये करिब ३ हजार ५ सयको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । परीक्षणको दायरा कम हुँदा पनि संक्रमण फैलन सक्ने जोखिम बढेको छ । नयाँ प्रकारको कोरोना फैलिन नदिन तयारी थालिएको जिल्ला प्रशासन कार्यालय कैलालीको दावी छ । सूचना अधिकारी शिवराज जोशीले नयाँ प्रकारको कोरोना भित्रिएको पुष्टि भइसकेपछि भारतबाट आउने सबैको एन्टिजेन परीक्षण भइरहेको बताए । ‘हामीले तीव्र तयारी गरिरहेका छौँ’ जोशीले भने, ‘अहिले सबैलाई परीक्षण गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...