ओली–प्रचण्डको गोप्य भेट, नयाँ मोडमा एमाले–माओवादी सम्बन्ध



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीलाई कुर्सी बचाउन समस्या परिरहेका बेला एमालेका नेता एवम् अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ । राजधानीमा शनिबार पौडेल र शर्माबीच सम्वाद भएको हो । सम्वादमा के–के विषयमा कुराकानी भएको थियो त्यसबारेमा दुबै नेताले बाहिर केही भनेका छैनन् ।

उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको निकटका नेताहरूले बताएका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने गृहकार्य भइरहेका बेला प्रचण्ड र ओलीका दूतहरूबीच गोप्य वार्ता भएपछि प्रचण्डमाथि अविश्वास बढेको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर कांग्रेको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय आएको २४ घण्टा नबित्दै ओली र प्रचण्डका दूतबीच भेट भएपछि खैलाबैला भएको छ । विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मुख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । पौडेलले केही दिनअघि एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए ।

एमाले विभाजनतिर उन्मुख भएका बेला ओलीका विश्वासपात्र मानिने अर्थमन्त्री पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने शर्माबीच गोप्य भेटवार्ता भएको छ । माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ । कांग्रेसले पनि ओली सरकारविरुद्ध माओवादी र जसपासँग सम्वाद गरेर अविश्वासको प्रस्ताव दर्ताको पक्षमा निर्णय गरेको छ ।

उता, ओलीले अविश्वासको प्रस्ताव दर्ता भयो भने जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने चर्चा पनि चलेको छ । तर, ओलीले अविश्वासको प्रस्ताव दर्ता भएमा पदबाट राजीनामा दिने पक्षमा रहेको चर्चा पनि छ । अर्ली इलेक्सनको पक्षमा ओली रहेको केही नेताहरूले बताउँदै आएका छन् ।

एमालेभित्र आन्तरिक झगडा छ । एमालेभित्रको झगडा मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले पहल समेत गरेकी छिन् । भण्डारीले एमालेका वरिष्ठ नेता खनाललाई डल्लुस्थित निवासमै पुगेर पार्टी विभाजनमा नलाग्न दवाव दिएकी छिन् । पदीय मर्यादा विपरित राष्ट्रपति भण्डारीले एमालेका नेता खनाललाई घरमै पुगेर भेट गरेको भन्दै आलोचना समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...