यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई सहुलियत



हाम्रो इकोनोमि

 

हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ ।

यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई नेपालको लोकप्रिय ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै मुल्यको टिकट खरीद गरी यती एअरलाइन्स मार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले रु. ५०० मुल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन् ।

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत् सामान खरिद गर्दा रु. २०० को सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा रु.३०० को ट्राभल भौचर गरी जम्मा रु. ५०० मूल्य बराबरको सहुलियत दिने भएको हो । साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरुमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहार समेत प्राप्त गर्नेछन् ।

उक्त सम्झौतासँगै आज अप्रिल १ देखि नै यती एअरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउनेछन् । सो सहुलियत पाउनको लागि ग्यापुमा सामान खरिदको क्रममा भ्लतभच थयगच अयमभ अप्सनमा गई न्थ्ब्एग्थ्भ्त्क्ष्ज्ञण्ण् लेख्नुपर्नेछ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा ह्ऋभ्ीत्च्क्ष्एद्दण्ण् कोड राख्नुपर्नेछ । यससँगै आजैदेखी यती एअरलाईन्सको वोर्डिङ पासहरुमा ग्यापुको लोगो अंकित जानकारीमुलक सामग्रीका साथै भौचर कोड समेत रहनेछ ।

यात्रुहरुलाई थप सुविधाहरु प्रदान गर्न विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको यतीले भविष्यमा पनि आफ्ना यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रमहरु ल्याउने योजना रहेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...