एमालेभित्र तीस लाख ‘चोरी’को कुरा उठ्यो, नेताहरूबीच हँगामा



हाम्रो इकोनोमि

 

एमालेका नेता खगराज अधिकारीले कास्कीमा माधव नेपाल–झलनाथ खनाल समूहको कार्यक्रममा पाँच सय पनि नेता कार्यकर्ताको उपस्थिति नरहेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान कुरा गर्दै नेपाल–खनाल समूहमा नलाग्न कास्की एमालेका नेताहरूलाई सचेत गराएका छन् । उनले नेपाल–खनाल समूहमा लागेमा कारबाही हुने बताए । ‘नेपाल–खनाल समूहमा लागेका मेयरसहितका जनतप्रतिनिधिलाई कारबाही हुन्छ’, नेता अधिकारीले बताए । नेपाल समूहलाई प्रचण्डको नर्सरी भएको उनले बताएका छन् ।

पार्टी हितविपरित, अपराधपूर्ण गतिविधिमा लागेका नेता नेपालको सांसद पद खोस्ने अधिकारीले चेतावनी दिएका छन् । देशी–विदेशी तत्वको उक्साहटमा नेपाल लागेको उनले बताए ।

नेपालले विगतमा केपी ओली, शंकर पोखरेल, मलगायत धेरै नेताहरूलाई कारबाही गरेको बताएका अधिकारीले नेपाल समूहलाई सुध्रिन सचेत गराएका छन् ।

नेता अधिकारीले भीम रावलले पार्टीको ३० लाख कहाँ लगेर दिएको हो ? भनेर प्रश्न गरेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर संकेत गर्दै उनले भने, ‘भीम रावलजीले पार्टीको ३० लाख कहाँ लग्नुभयो ? त्यो पैसा कप्फर्टेबललाई बुझाउनुभयो । उहाँको कार्यकर्ताले मूल्यांकन गरेका छन् ।’

विगतमा वामदेव गौतमले पार्टी फुटाउन गरे गतिविधि जस्तो नेपाल–खनाल समूहले हर्कत गरेको एमालेका नेता अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...