माधव नेपाल पक्षको बैठक बस्दै



हाम्रो इकोनोमि

 

नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिएपछिको रणनीति बनाउन स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । आज बस्ने माधव नेपाल पक्षधर स्थायी कमिटी बैठकपछि अब के गर्ने भन्ने बारे ठोस नीति तय हुने बताइएको छ । देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने नेता युवराज ज्ञवालीले बताए ।

एमालेले साबिकका पदाधिकारी र स्थायी कमिटी भंग गरी महाधिवेशन आयोजक समिति बनाइसकेको छ । तर माधव नेपाल पक्षले त्यसलाई मानेको छैन । नेपाल पक्षमा तत्कालीन एमाले स्थायी कमिटीका ११ जना सदस्य छन् ।झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेसहितको बैठक बस्न लागेको हो । बैठकमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि सहभागी हुनेछन् ।

स्रोतका अनुसार अब एमालेमा ओलीसँगै रहन नसकिने निष्कर्षमा धेरै नेता पुगेका छन् । कतिपयले अझै पनि एकताको प्रयास जारी राखेका छन् । गोकर्ण विष्ट, योगेश भट्टराईहरु पार्टी एकता जोगाउने प्रयासमा छन् । माधव नेपालले भने अब शुरुमा एमाले पुनर्गठन अभियानका नाममा तलदेखि माथिसम्म कमिटीहरुमा कार्यकर्ता संगठित गरेर एक महिनापछि अलग पार्टी दर्ताको मनस्थिति बनाएका छन् । त्यसपछि प्रचण्ड,मोहन वैद्य लगायतका समूहसँग एकताको पहल गरिने नेपालको भनाइ छ । नेपाल पक्षले विहीवारमात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । भोजपुर, अर्घाखाँची, गोरखामा कमिटी त्यसअघि नै गठन भइसकेको छ भने शनिवार उदयपुरमा घोषणा हुने नेता जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...