माधव नेपाल र भीम रावलको सांसद पद चैँ यथावत



हाम्रो इकोनोमि

 

पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई सांसद पद यथावत राखी अन्य सवै जिम्मेवारीबाट निलम्बन गरेको छ। केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरण चित्तबुझ्दो जवाफ नआएको भन्दै एमालेले सांसद पद यथावत राखी ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर सांसद पद बाहेक अन्य जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिनुभएको छ । ‘यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधिसभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,’ अध्यक्ष ओलीले पठाउनु भएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...