बजेट तथा कार्यक्रम बारे छलफल



हाम्रो इकोनोमि

 

वन तथा वातावरण मन्त्रालयमा आज सोमबार आगामी आर्थिक वर्ष २०७७÷०७८ मा गरिने कार्यक्रमका बारेमा छलफल तथा बैँठक सुरु भएको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको अध्यक्षमा आज बसेको उक्त बैँठकले आगामी आर्थिक वर्षमा मन्त्रालय तथा मातहतका बिभाग निकायले गर्ने नयाँ कार्यक्रमका बारे छलफल सुरु भएको छ । उक्त छलफल कार्यक्रममा वन तथा वातावरण मन्त्रालय मातहतका बिभागहरुले आफुले आ.व.२०७७÷०७८ मा गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

बिभागका कर्मचारीले प्रस्तुत गर्नु भएका नयाँ कार्यक्रमका विषयमा छलफल गर्नु हुँदै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षमा समावेस गरिने कार्यक्रमहरु जनमुखी तथा नागरिकलाई प्रतक्ष लाभ हुँने किसिमका पेश गर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, “आगामी वर्षमा गरिने कार्यक्रमहरु प्रतक्ष रुपमा नागरिकले सेवा पाउने तथा विकास हुँने खालका समावेस गर्नुहोला, कार्यक्रम समावेस गर्दा गरीव नागरिकलाई हेरेर उनीहरुलाई फाइदा पुग्ने खालका समावेस गर्नु होला ।”

उक्त छलफल कार्यक्रममा वातावरण बिभाग, वन बिभाग, राष्ट्रपति चुरे, तराइँ, मधेस संरक्ष विकास समिति लगायतकाले आ आफ्ना कार्यक्रमका बारेमा जानकारी दिएका थिए । उनीहरुले छलफलमा जानकारी दिएका विषयमा बोल्नु हुँदै मन्त्री आलेले वन क्षेत्रको दिगो व्यवस्थापन, पर्यापर्यटन, वन्यजन्तुको वासस्थान सुधार, वन्यजन्तुको चोरी शिकार नियन्त्रण तथा मानब वन्यजन्तुको द्धन्द्ध घटाउने सम्बन्धि विशेष योजना ल्याउन आग्रह गर्नुभएको थियो । विशेष गरी वन क्षेत्र जोगाउने तथा हरियाली बनाउने खालका कार्यक्रम समावेस गरिए नागरिकलाई प्रतक्ष फाइदा हुँने तथा नेपालको वन क्षेत्रपनि कुरामा जोगिने मन्त्री आलेले जोड दिनुभयो । –विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...