संसद बैठक स्थगित गर्ने प्रधानमन्त्री ओलीको तयारी



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ । बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा हुनुहुन्छ,’ यसबारे राष्ट्रपति र सभामुखसँग पनि प्रधानमन्त्रीले छलफल गरिसक्नुभएको छ ।’ प्रधानमन्त्री ओलीले तीन दिनअघि बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा पनि बर्खे अधिवेशन बैशाखमै सुरु गर्नुपर्ने भएकाले जारी संसद बैठक अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराएका थिए

गत पुस ५ गते ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरिदिएको थियो । अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशन दिएपछि तोकिएकै मितिमा बैठक सुरु भए पनि संसदले सरकारबाट बिजनेस पाउन सकेको छैन । ओलीको विरोध गर्दै सडकमा उत्रेका विपक्षीहरुले पनि यसवीचमा संसदमा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकेनन् ।

यसैवीच माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन केही दिनभित्रै फिर्ता लिने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका एक नेताले रातोपाटीलाई बताए । त्यसैगरी, फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको दर्ता खारेज गरिदिएको विरुद्धमा पुनरावलोकनका लागि आज (सोमबार) माओवादी केन्द्रले पुनरावलोकनका लागि आवेदन दिने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...