नेपाल आइपुग्यो चीनले दिएको कोरोनाविरुद्ध खोप



हाम्रो इकोनोमि

 

 

चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । खोप लिनका लागि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी विमानस्थल पुग्नु भएको छ । खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज हिजो चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्राेडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोपको ८ लाख डोज नेपाललाई अनुदानमा आएको हो । यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने डाक्टर गौतमले बताउनुभयो । यो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ । पहिलो डोज लगाएकाले दोस्रो डोज पनि त्यही कम्पनीको खोप लगाउनु पर्ने भएकाले चीनबाट ल्याउने यो  खोप, खोप नलगाएकाहरुलाई दिइने  छ । तर कहिले र कसरी, कुन समूहलाई खाेप दिने भन्ने निश्चित भएको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...