एमाले संसदीय दल बैठकमा माधव नेपाल र भीम रावल मात्र गएनन्



हाम्रो इकोनोमि

 

नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका नेताहरू सहभागी भएका छन् । बैठकमा मञ्चपट्टी प्रधानमन्त्रीको दायाँतर्फ वामदेव गौतम र झलनाथ खनाल बसेका छन् भने बायाँतर्फ ईश्वर पोखरेल र सुवास नेम्वाङ छन् । माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएका छन् ।

माधव पक्षधरका केन्द्रीय सदस्यहरूको आजै भएको छलफलले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो । नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव नेपाल पक्ष सहभागी भएको थिएन । पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो ।

प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना छन् ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...