ओलीसँग निहु खोज्नु नै ठूलो गल्ती भयो – प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा आलीबि’रुद्धको अभियान आफ्नै र पार्टीको लागि निकै महंगो सावित भएको स्वीकार गरेका छन् । आफूनिकट नेताहरुसँगको अनौपचारिक छलफलमा प्रचण्डले ओली फाल्न लाग्दा आफूसहित माधवकुमार नेपाल समुह निकै ठुलो समस्यामा परेको जनाउ दिएका हुन् ।
सिएमले प्रधानमन्त्रीबि’रुद्धको मिसन निकै महंगो भयो, यो मिसनले ओलीप्रति नै जनताको आकर्षण बढ्यो, हामीहरु सोच्दै नसोचेको अवस्थामा पुगियो भन्ने निश्कर्ष सुनाए,’ प्रचण्डसँगको अनौपचारिक छलफल उधृत गर्दै माओवादीका एक नेताले भने । उनका अनुसार प्रचण्डले ओलीबि’रुद्ध लागेकै कारण पार्टी पनि बिभाजन भएको सन्देश जनतामा पुगेकोले आफूहरु नै गलत रहेको जनताको बुझाइलाई चिर्न तत्कालै नसकिने निचोड पनि प्रचण्डले सुनाएका हुन् ।
‘एमाले फुटाउने भनेको, माओवादी पनि फ्ट्यो, एमालेमा त माधवजीहरुको हरिबिजोग नै भयो, रेस्क्यू नै गर्न नसकिने अवस्था देखिदैछ,’ प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने । उनका अनुसार सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि आफ्नै सुझावमा माधव समुह एमाले फर्किए पनि अव एमालेमा स्थान नपाउने अवस्था बनेको दृष्टान्त पनि राखेका छन् । एमाले फर्किएपछि प्रचण्डकै निर्देशनमा माधव समुहले बबण्डर मच्चाएपछि नेता नेपालसहित चार जनालाई स्पष्टिकरण सोधेको छ । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सोधिएको स्पष्टिकरणको समय आज सकिदैछ ।
यो कुराले एमालेमा बबण्डर त भयो तर माधवजीहरुको साथमा कुनै कार्यकर्ता नरहने अवस्था पैदा भयो, जुन हाम्रो लागि निकै घातक छ, अव माधवजीहरु आउँछु भन्दा पनि नेता मात्रै हुने, कार्यकर्ता र जनता नहुने अवस्था छ,’ प्रचण्डको निश्कर्ष छ । प्रधानमन्त्री तथा अध्यक्षबाट ओलीलाई कू गरेर हटाउने भारतीय ष’डयन्त्रको मतियार प्रचण्ड र माधव नेपाल समुह बनेपछि नेकपा नै बिभाजन भएको थियो । पार्टी बिभाजन र अदालतको फै’सलाबाट एकता पूर्वको अवस्थामा पुगेपछि प्रचण्डले ओलीबि’रुद्धको मिसन गलत रहेको स्वीकार गरेका हुन् ।


