एमाले सिध्याउने योजनामा माधव नेपाल, यस्तो हुँदैछ षड्यन्त्र
आफुलाई एमालेको नेता भनेर चिनाउदै आउनु भएका माधवकुमार नेपाल एमाले जसरी पनि सिध्याउने पुष्पकम दाहाल प्रचण्डको योजना कार्यान्वयन गर्ने चरणमा पुग्नु भएको छ । एमाले छुटिएपछि लगभग शक्ति विहिन अवस्थामा पुग्नु भएका प्रचण्डको योजनाअनुसार दुई नेताबीच पटक पटक गोप्य छलफल हुन थालेको छ ।
पार्टीले सोधेको स्पष्टिकरणको उत्तर प्रचण्डसँग सोधेर दिनु भएका उहाले एमालेबाट जसरी पनि कार्यकर्ता तान्नुपर्ने निष्कर्षमा पुग्नु भएको हो । नेता नेपालले पार्टीलाई पठाएको स्पष्टिकरण प्रचण्डको १९ बुदेकै निरन्तरता रहेको सोही खेमाका नेताहरुको भनाई छ । ‘जसरी पनि पार्टी एक ढिक्का नहोस् भनेर नै उहाले सो जवाफ लेख्नु भएको हो’, ति नेताले भन्नुभयो, ‘मुलुक निर्वाचनमा गएको खण्डमा माधव नेपाल प्रचण्ड नेतृत्वको पार्टीमा प्रवेश गर्ने निश्चित जस्तै छ ।’
दुई नेताबीच सुर्य चिन्ह आफ्नो पक्षमा जसरी पनि पार्ने विषयमा पछिल्लो पटक निरन्तर छलफल चलिरहेको छ । एमाले जे सुकै भएपनि सुर्य चिन्ह आफ्नो भए मत बढि आउने र प्रधानमन्त्री बन्न सजिलो हुने आंकलन गरिरहेको छन् । सोही कारण सर्वोच्चको आदेश पुनरावलोकनका लागि जाने दुवै पक्षले निर्णय गरिसकेका छन् ।
पार्टी कार्यालय आउन हिच्किचाउनु भएका नेता नेपाल प्रचण्डले बोलाएको ठाउँमा भने जतिबेला पनि उपलब्ध हुदै आउनु भएको छ । नेता नेपाल र झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आज विहान कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा गोप्य भेटवार्ता गर्नुभएको छ । तीनजना नेताहरुबीच बिहान साढे ८ बजेदेखि पौने १० बजेसम्म भेटवार्ता भएको हो ।
आफुहरुले प्रचण्डको निर्देशनअनुसार पार्टी हित विपरित काम गरिरहेकाले निष्कासनमा पर्ने निश्चित भएकाले अब नयाँ पार्टीको खाकाका विषयमा छलफल गर्नुपर्ने निष्कर्षमा तीन नेता पुगेको स्रोतको भनाई छ । एमाले आफुले फुटाएजस्तो नेदखाउन निरन्तर सो समुहले समानान्तर पार्टीको गतिविधि गरिरहेको छ । संस्थापन पक्षले चेतावनी दिदाँ पनि गतिविधि जारी राखेपछि पार्टीले विधान अनुसार काम गर्ने नेताहरुले बताएका छन् ।
नेपाल र खनाल गुटले आज आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतको फैसलासँगै नेपाल र खनालले प्रचण्डलाई देखाँउनका लागि छाडेर ओलीविरुद्ध संघर्ष गर्दै एमालेलाई पनि नेकपाकै हालतमा पुर्याउने भन्दै एमालेमै फर्किएको घोषणा गर्नुभएको थियो । तर, सो गुट अहिलेसम्म पार्टीका आधिकारीक बैठकमा उपस्थित भएको छैन ।


