प्रचण्ड-माधवको गोप्य बैठक एक व्यापारीको घरमा



हाम्रो इकोनोमि

 

नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधवकुमार नेपालसँग लगातार दोस्रो दिन पनि छलफल गरेका छन् । कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बिहान साढे ८ बजेदेखि दुई घण्टाभन्दा बढी प्रचण्ड र माधव नेपालबीच छलफल भएको स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

हिजो कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठसहितको बैठक बसेको थियो । सो बैठकपछि माधव नेपालले केपी ओलीमाथि १३ बुँदे प्रश्नसहितको स्पष्टीकरण पठाएका थिए । प्रचण्डसँगको बैठकपछि माधव नेपाल आफू पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन कलंकी जान लागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...