प्रचण्ड-माधवको गोप्य बैठक एक व्यापारीको घरमा



हाम्रो इकोनोमि

 

नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधवकुमार नेपालसँग लगातार दोस्रो दिन पनि छलफल गरेका छन् । कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बिहान साढे ८ बजेदेखि दुई घण्टाभन्दा बढी प्रचण्ड र माधव नेपालबीच छलफल भएको स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

हिजो कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठसहितको बैठक बसेको थियो । सो बैठकपछि माधव नेपालले केपी ओलीमाथि १३ बुँदे प्रश्नसहितको स्पष्टीकरण पठाएका थिए । प्रचण्डसँगको बैठकपछि माधव नेपाल आफू पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन कलंकी जान लागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...