ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने योगेश भट्टराईको तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमालेको संसदीय दलको आजको बैठकमा माधव नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नजाने भने पनि दलको बैठक लगातार बहिष्कार गर्नु राम्रो नहुने केही नेताले बताएका छन् ।

पूर्वमन्त्री योगेश भट्टराईले दलको बैठकमा जाने बताए । माधव नेपाल, झलनाथ खनाल लगायताका नेताहरूको सहभागिताबारे भने अहिले केहीबेरमा बस्ने केन्द्रीय सदस्यहरूको बैठकपछि तय हुनेछ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा बस्दैछ । सो बैठकले थप रणनीति तय गर्ने र दलको बैठकमा जाने वा नजाने टुंगो लगाउने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले बताए ।

बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो । संसदीय बोर्डमा झलनाथ खनाल र माधव नेपाललाई पनि ओलीले राखेका छन् । तर नेपालले सो पद अश्वीकार गरेका छन् । एमाले संसदीय दलमा माधव नेपाल पक्षका ३५ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...