ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने योगेश भट्टराईको तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमालेको संसदीय दलको आजको बैठकमा माधव नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नजाने भने पनि दलको बैठक लगातार बहिष्कार गर्नु राम्रो नहुने केही नेताले बताएका छन् ।

पूर्वमन्त्री योगेश भट्टराईले दलको बैठकमा जाने बताए । माधव नेपाल, झलनाथ खनाल लगायताका नेताहरूको सहभागिताबारे भने अहिले केहीबेरमा बस्ने केन्द्रीय सदस्यहरूको बैठकपछि तय हुनेछ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा बस्दैछ । सो बैठकले थप रणनीति तय गर्ने र दलको बैठकमा जाने वा नजाने टुंगो लगाउने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले बताए ।

बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो । संसदीय बोर्डमा झलनाथ खनाल र माधव नेपाललाई पनि ओलीले राखेका छन् । तर नेपालले सो पद अश्वीकार गरेका छन् । एमाले संसदीय दलमा माधव नेपाल पक्षका ३५ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...