माधव नेपाल समुहभित्र विद्रोहको तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहभित्र नेताहरुले विद्रोहको तयारी शुरु गर्नुभएको छ । पार्टी बाहिर बसेर अर्को पार्टी जस्तो संरचना खडा गर्न नहुने सुझाव दिदै उनिहरुले जे गरे पनि पार्टी भित्रै बसेर गर्नुपर्ने दवाव दिन थालेका हुन् ।

नयाँ पार्टी पनि नखोल्ने र बहिष्कार पनि जारी राख्दा नेता कार्यकर्ताले साथ छाड्ने निष्कर्ष निकालेका नेताहरुले नेपाललाई दबाब दिईरहेका छन् । नेता नेपाल भने सार्वजनिक कार्यक्रममा एमाले मेरो पार्टी भएको र म नै एमाले हुँ भन्ने अंहकार बोकि हिडिरहनु भएपछि नेता कार्यकर्ता बिच्किन थालेका हुन् । नयाँ दल गठन नगर्ने हो भने सर्त राखेर बहिष्कार गर्नेभन्दा (अध्यक्ष ओलीले राख्ने) बैठकमै सहभागी भएर फरक मत राख्नुपर्ने धारणा राख्न थालेका हुन् ।

‘अन्तर–संघर्ष पनि रिङभित्र प्रवेश गरेर गर्नुपर्छ भन्ने हो । मैदान छाड्ने होइन । आफ्नो विषय बैठकमा राख्नुपर्छ । निर्णयमा चित्त नबुझे नोट अफ डिसेन्ट लेखेर अघि बढ्नुपर्छ,’ एक केन्द्रीय सदस्यले भन्नुभयो । नेपाल समूहभित्र नयाँ दल बनाउने, ओलीको साथमा गएर आत्मसर्पण नगर्ने र एमाले पनि नछाड्ने ३ समूह छन् । जसले गर्दा त्यहा चाँडै विद्रोह हुन सक्ने र त्यो देखिने रुपमा हुने नेताहरुको भनाई छ ।

त्यही विद्रोह स्वरुप सांसद कृष्णभक्त पोखरेल माधव गुटमा लाग्नु आफ्नो गल्ती भएको भन्दै पार्टीमा आइसक्नु भएको छ । त्यहा रहेका सांसद र केन्द्रीय सदस्यहरुमा पनि पार्टी छाडेर बाहिर कार्यक्रम गर्दै हिड्न नहुने मत बलियो हुँदै गएको छ । यसैगरी पार्टीले सोधेको स्पष्टिकरणको जवाफ दिने कि नदिने भन्नेमा पनि दुई मत देखिएको छ । भिम रावल र धनश्याम भुषाल दिन नहुने पक्षमा उभिनु भएको स्रोतले जानकारी दिएको छ । जसले गर्दा त्यहा पनि शिर्ष नेतामै विद्रोह आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...