महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भारतको योजना फेल



हाम्रो इकोनोमि

 

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भारतको योजना फेल भएको छ । नेपालको आन्तरिक राजनीतिलाई सुक्ष्म रुपमा हेरिरहेको भारतले भित्रभित्रै आफूलाई सक्रिय बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले र माओवादी केन्द्र बनेपछि भारतले नेपालको विषयमा मुख खोलेको छैन । मुख खोलेको छैनभन्दैमा भारत चुप लागेर भने बसेको छैन । नेपालको तरल राजनीतिमा भारतले आफूलाई भित्रभित्रै सक्रिय बनाएको छ । केपी ओली नेतृत्वको सरकारलाई माओवादीले साथ दिएको छ । माओवादीको समर्थन रहँदासम्म ओली सरकारलाई कुनै समस्या छैन ।

माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै विभिन्न स्वार्थ समूहहरू सक्रिय हुनेछन् । त्यसमा सबैभन्दा पहिलो नम्बरमा भारत देखिनेछ । भारतले जनता समाजवादी पार्टी नेपाल (जसाप)को नेतृत्वमा सरकार बनाउन खोजेको भनेर आरोप लागिरहेको छ । भारत निकट मानिने नेताहरूले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सर्तमा जसपालाई सरकारको नेतृत्व दिनुपर्ने माग राख्न थालेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक अन्तर्वार्तामा महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिसकेका छन् ।

भारत निकट मानिने नेताहरूले महन्थ ठाकुरका पक्षमा अभिव्यक्ति दिन थालेका छन् । महन्थ ठाकुर प्रधानमन्त्री बन्नै नहुने होइन । तर, ठाकुरलाई प्रधानमन्त्री बनाउन भारतीय समूह जसरी सक्रिय भएको छ त्यो अस्वभाविक छ । राजनीतिक विश्लेषकहरूले बरु निर्वाचनको बेलाको वाम गठबन्धनलाई नै सक्रिय बनाएर जान सुझाव दिन थालेका छन् । माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै ओली सरकार झन् असुरक्षित हुनेछ ।

ओली र प्रचण्डले वार्ता गरेर पार्टी एकीकरणभन्दा पनि सरकारलाई मिलेर चलाउनुपर्ने सुझाव आउन थालेका छन् । सरकार टिकाउने बहानामा ओलीलाई कानून र संविधान विपरितका सर्त पूरा गर्न समेत बाध्य पारिनेछ । त्योभन्दा ओलीका लागि माओवादीसँग मिलेर सरकार चलाउनु सबैभन्दा उपयुक्त हुने सुझाव आउन थालेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका विषयमा धेरै रुचि देखाएका छन् । देउवाले सत्ताको राजनीतिमा नेपालका राजनीतिक दलहरूभन्दा अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय छन् भन्ने बुझेका छन् । ओलीले पनि साना दलहरूलाई लिएर सरकार बनाउनेभन्दा पनि माओवादीसँगै राजनीतिक सहमति गरेर दुई वर्षका लागि सरकार बनाउँदानै ठीक हुन्छ भन्नेहरू भेटिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...