महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भारतको योजना फेल



हाम्रो इकोनोमि

 

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भारतको योजना फेल भएको छ । नेपालको आन्तरिक राजनीतिलाई सुक्ष्म रुपमा हेरिरहेको भारतले भित्रभित्रै आफूलाई सक्रिय बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले र माओवादी केन्द्र बनेपछि भारतले नेपालको विषयमा मुख खोलेको छैन । मुख खोलेको छैनभन्दैमा भारत चुप लागेर भने बसेको छैन । नेपालको तरल राजनीतिमा भारतले आफूलाई भित्रभित्रै सक्रिय बनाएको छ । केपी ओली नेतृत्वको सरकारलाई माओवादीले साथ दिएको छ । माओवादीको समर्थन रहँदासम्म ओली सरकारलाई कुनै समस्या छैन ।

माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै विभिन्न स्वार्थ समूहहरू सक्रिय हुनेछन् । त्यसमा सबैभन्दा पहिलो नम्बरमा भारत देखिनेछ । भारतले जनता समाजवादी पार्टी नेपाल (जसाप)को नेतृत्वमा सरकार बनाउन खोजेको भनेर आरोप लागिरहेको छ । भारत निकट मानिने नेताहरूले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सर्तमा जसपालाई सरकारको नेतृत्व दिनुपर्ने माग राख्न थालेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक अन्तर्वार्तामा महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिसकेका छन् ।

भारत निकट मानिने नेताहरूले महन्थ ठाकुरका पक्षमा अभिव्यक्ति दिन थालेका छन् । महन्थ ठाकुर प्रधानमन्त्री बन्नै नहुने होइन । तर, ठाकुरलाई प्रधानमन्त्री बनाउन भारतीय समूह जसरी सक्रिय भएको छ त्यो अस्वभाविक छ । राजनीतिक विश्लेषकहरूले बरु निर्वाचनको बेलाको वाम गठबन्धनलाई नै सक्रिय बनाएर जान सुझाव दिन थालेका छन् । माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै ओली सरकार झन् असुरक्षित हुनेछ ।

ओली र प्रचण्डले वार्ता गरेर पार्टी एकीकरणभन्दा पनि सरकारलाई मिलेर चलाउनुपर्ने सुझाव आउन थालेका छन् । सरकार टिकाउने बहानामा ओलीलाई कानून र संविधान विपरितका सर्त पूरा गर्न समेत बाध्य पारिनेछ । त्योभन्दा ओलीका लागि माओवादीसँग मिलेर सरकार चलाउनु सबैभन्दा उपयुक्त हुने सुझाव आउन थालेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका विषयमा धेरै रुचि देखाएका छन् । देउवाले सत्ताको राजनीतिमा नेपालका राजनीतिक दलहरूभन्दा अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय छन् भन्ने बुझेका छन् । ओलीले पनि साना दलहरूलाई लिएर सरकार बनाउनेभन्दा पनि माओवादीसँगै राजनीतिक सहमति गरेर दुई वर्षका लागि सरकार बनाउँदानै ठीक हुन्छ भन्नेहरू भेटिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...