नेकपा एमालेको केन्द्रिय कार्यालय थापाथलीमा



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दा आगन्तुकहरुले केही नौलो अनुभव गर्न पाउने भएका छन् । जस्तो कि कार्यालयमा आउनेहरुलाई रोबोटले आगन्तुकहरुलाई स्वागत गर्ने छ । मानिसहरूले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने ‘परी’ नामको रोबोट कार्यालयको गेटमा राखिएको हो । रोबोटको छातिमा राखिएको स्क्रिनमा लेखिएको छ- परम्परा झल्किने आधुनिकता टल्किने । एक आगन्तुकले रोबोटलाई प्रश्न सोधिन्, म हाम्रो देशका प्रधानमनत्रीलाई कसरी सम्पर्क गर्न सक्छु ?

रोबोटबाट जवाफ आउँछ- प्रधानमन्त्रीलाई सम्पर्क गर्न पैसा नलाग्ने नम्बर ११११ मा फोन गर्नुस् । रोबोटले प्रधानमन्त्री ओलीलाई नेपालका राष्ट्रवादी नेताको रुपमा समेत आगन्तुकहरुलाई परिचय गराउँछ । यो नेपालमै बनेको रोबोट हो ।
आज प्रधानमन्त्री ओली कार्यालय अवलोकनका लागि पुगे । त्यससँगै पार्टीका नेता-कायर्कर्ता तथा सञ्चारकर्मीको घुँइचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...