नेकपा एमालेको केन्द्रिय कार्यालय थापाथलीमा



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दा आगन्तुकहरुले केही नौलो अनुभव गर्न पाउने भएका छन् । जस्तो कि कार्यालयमा आउनेहरुलाई रोबोटले आगन्तुकहरुलाई स्वागत गर्ने छ । मानिसहरूले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने ‘परी’ नामको रोबोट कार्यालयको गेटमा राखिएको हो । रोबोटको छातिमा राखिएको स्क्रिनमा लेखिएको छ- परम्परा झल्किने आधुनिकता टल्किने । एक आगन्तुकले रोबोटलाई प्रश्न सोधिन्, म हाम्रो देशका प्रधानमनत्रीलाई कसरी सम्पर्क गर्न सक्छु ?

रोबोटबाट जवाफ आउँछ- प्रधानमन्त्रीलाई सम्पर्क गर्न पैसा नलाग्ने नम्बर ११११ मा फोन गर्नुस् । रोबोटले प्रधानमन्त्री ओलीलाई नेपालका राष्ट्रवादी नेताको रुपमा समेत आगन्तुकहरुलाई परिचय गराउँछ । यो नेपालमै बनेको रोबोट हो ।
आज प्रधानमन्त्री ओली कार्यालय अवलोकनका लागि पुगे । त्यससँगै पार्टीका नेता-कायर्कर्ता तथा सञ्चारकर्मीको घुँइचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...