के छ एमालेले सुरेन्द्र पाण्डेलाई सोधेको ५ बुँदे स्पष्टीकरण (पत्रसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि पार्टी फुटाउने क्रियाकलापको अगुवाइ गरेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ । पाण्डेलाई महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा पार्टी एकताविरोधी भेला गर्नुको कारण र भेलाबाट एकताविरोधी प्रस्ताव पारित गर्नु गराउनुको कारण मागिएको छ ।

स्पष्टीकरणपत्रमा पाण्डेलाई पार्टीका बैठकमा सहभागी हनुको साटो पार्टी तथा जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरुपयोग गरेको आरोप लगाइएको छ । पाण्डेमाथि प्रचण्डको मतियार बनेर नेकपा एमाले विभाजन गर्न खोजेको र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे/गराएको सन्दर्भमा समेत जवाफ मागिएको छ ।

तीन दिनभित्र जवाफ पेश गर्न भनिएकोमा दुई दिन बितिसकेको छ । पाण्डेले मंगलबार राजधानीमा आयोजित अनेरास्ववियूको समानान्तर भेलामा ओलीलाई नै स्पष्टीकरण सोधिने बताएका थिए । एमालेले माधव नेपालसँग १० बुँदे स्पष्टीकरण माग गरेको छ भने पाण्डेसँग ५ बुँदामा स्पष्टीकरण मागिएको छ ।

  

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...