हामी विपक्षी पार्टी हौं, अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन : देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने बताएका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग उनले सरकारको विकल्पबारे खुलेर जवाफ भने दिएनन् । ‘कांग्रेसको नेतृत्वमा सरकार कहिले बन्छ त ?’ भन्ने पत्रकारले पटक पटक प्रश्‍न गरेपछि उनी रिसाएका थिए ।

बाहिरिने क्रममा देउवाले झोक्किएर भने ‘विपक्षी पार्टी भनेको सुन्नुभएन कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी हो ।’ सोफाबाट उठेर उनले फेरि भने ‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।’ अविश्वास प्रस्ताव कसले ल्याउनुपर्ने त भन्ने ? प्रश्नमा उनले भने, ‘कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्छ । अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन ।’ कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जली तथा परिवारलाई समवेदना दिन देउवा विराटनगर आएका हुन् । नेपाल दलित संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेलामा पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...