हामी विपक्षी पार्टी हौं, अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन : देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने बताएका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग उनले सरकारको विकल्पबारे खुलेर जवाफ भने दिएनन् । ‘कांग्रेसको नेतृत्वमा सरकार कहिले बन्छ त ?’ भन्ने पत्रकारले पटक पटक प्रश्‍न गरेपछि उनी रिसाएका थिए ।

बाहिरिने क्रममा देउवाले झोक्किएर भने ‘विपक्षी पार्टी भनेको सुन्नुभएन कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी हो ।’ सोफाबाट उठेर उनले फेरि भने ‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।’ अविश्वास प्रस्ताव कसले ल्याउनुपर्ने त भन्ने ? प्रश्नमा उनले भने, ‘कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्छ । अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन ।’ कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जली तथा परिवारलाई समवेदना दिन देउवा विराटनगर आएका हुन् । नेपाल दलित संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेलामा पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...