ओलीले राजतन्त्रसँग साँठगाँठ गरे : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन् । मंगलबार आफूपक्षीय विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणलाई कथित भन्दै त्यसको सामना गर्न तयार रहेको बताए। ‘कथित स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं, सामना गर्न तयार छौं,’ उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन ।’

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला-बेग्लै स्पष्टीकरण पत्र पठाइएको छ । नेता नेपालले अध्यक्ष ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप लगाउँदै त्यसलाई सफल हुन नदिने दाबी गरे। उनले भने, ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन, अप्रत्यक्ष सहयोग गरुन हामी राजतन्त्र फर्किन दिँदैनौं ।’

अध्यक्ष ओलीलाई पुराना कम्युनिष्ट नेता केशरजंग रायमाझीसँग तुलना गर्दै कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको आरोप लगाए। ‘त्यस्तै भयो नवौं महाधिवेशनमा,’ उनले भने, ‘विचार हाम्रो पारित भएको थियो । नेता चुनिए केपी ओली। अहिले उनी कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कोसिस गर्दै छन् ।’ नेता नेपालले ओली र जबजबीच कहिल्यै भेट नभएको समेत टिप्पणी गरे। ‘जबज र केपी ओलीको कहिले भेट भएको थियो ?,’ उनको प्रश्न थियो, ‘अहिले केपी ओली जबजको भावना अनुसार चलेका छन् ? जबजको पहिलो कुरा बहुमतको कुरा मान्ने हो । उनले बहुमतको निर्णय मानेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...