कोरोना खोप लगाएका व्यक्तिमा फेरी कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।

चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए ।

‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ निर्देशक भण्डारीले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।

अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...