प्रधानमन्त्री ओली र जसपाका नेताबीच बालुवाटारमा छलफल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र नेताहरुले जनता समाजवादी पार्टी (जसपा)का शिर्ष नेताहरूबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र जसपाका मागका विषयमा छलफल भईरहेको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण बालुवाटार पुग्नु भएको छ । दुई पार्टीबीच निरन्तर छलफल भईरहेको र सहमतितर्फ उन्मुख रहेको दुवै तर्फका नेताहरुले जानकारी दिनुभएको छ ।

सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो । सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले सघन संवाद बढाईरहनु भएको छ । दुवै पक्ष सहमतिको नजिक रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...