माधव नेपाललाई सोधिएको यस्तो छ १० बुँदै स्पष्टिकरण



हाम्रो इकोनोमि

 

नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टीको वरिष्ठ नेता नरहेको जनाउसहित १० बुँदे स्पष्टिकरण मागेको छ । स्पष्टिकरण पत्रमा नेपाललाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा सम्बोधन गरिएको छ । पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टिकरणमा कानुनविपरित सडकबाट अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्कासन गरेको भनेर सोधिएको छ । त्यस्तै नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको बेला अध्यक्ष ओलीविरुद्ध १९ बुँदे आरोपपत्र पेश गर्दा प्रचण्डको मतियार किन बनेको ? भन्दै त्यसमा समेत जवाफ मागिएको छ ।

नेपाललाई निर्वाचन आयोगमा पटक पटक पार्टी फुटाउन निवेदन बोकेर किन गएको भन्नेदेखि समानान्तर कमिटी गठन तथा गुटका भेलाहरु गर्नुको जवाफ समेत मागिएको छ । एमालेले नेपाललाई प्रचण्डसँग अझै साँठगाँठ गरेको, एमाले कब्जा गर्न माधव नेपालहरु गएको भन्ने प्रचण्डको अभिव्यक्तिको खण्डन नगरेको तथा अहिले पनि प्रचण्डसँग एमाले नेतृत्वको सरकार ढाल्न अन्य विपक्षीलाई समेत उक्साएर साँठगाँठ गरेको जस्ता आरोप लगाउँदै जवाफ मागिएको छ । तीन दिनभित्र जवाफ पेश नगरे नियम कानुन र विधान बमोजिम कारवाही हुने समेत चेतावनी दिइएको छ ।

 

हेर्नुस् माधव नेपाललाई सोधिएको १० बुँदै स्पष्टिकरण

   

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...