माधव नेपालसहित एमालेका ३५ सांसदको पद धरापमा



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहित ३५ जना सांसदको पद धरापमा परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनमा एमालेभित्र भाँडभैलो मच्चाउन लागेपछि बरिष्ठ नेताद्वय नेपाल र खनालसहित प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका गरी ३५ जना सांस्दको पद जोखिममा परेको हो ।

एमाले केन्द्रीय कमिटीले पार्टीभित्र अनुशासन कायम गर्दै गुटबन्दीलाई रोक्न समानुपातिकको सूची हेरफेरको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइसकेको छ । नेकपा विभाजन हुँदा प्रचण्डको पक्षमा लागेका र पुन.स्थापनापछि एमाले बनेका माधव नेपाल पक्षका सांसदहरू प्रतिनिधिसभामा ३८ जना थिए । तर कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवाली माधव समुहले पार्टी बिभाजनको योजना बनाएको भन्दै संस्थापनतिर खुल्नुभएको छ । अहिलेसम्म नेपाल समुहमा प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू रहेका छन । एमालेमा फर्किएको घोषणा गरेपनि गुटगत भेला गरेपछि शनिवार नै एमाले केन्द्रीय कमिटीले बरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।

एमालेबाट निर्वाचित ४१ जना समानुपातिक सांसदमध्ये क्लस्टर अनुसार पुरुषतर्फ जनजातिबाट विजय सुब्बा र खस आर्यबाट मुकुन्द न्यौपाने हुनुहुन्छ । जसमध्ये न्यौपाने नेपाल पक्षमा हुनुहुन्छ । खसआर्यतर्फ बन्दसूचीमा मुकुन्द न्यौपानेपछि सोमनाथ प्यासीको नाम रहेको छ । तर उहाँ प्रदेश प्रमुख हुनुभएको छ भने तेस्रो नम्बरमा रहनुभएका डा.पुष्प कडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुहुन्छ । यस्तै आदिवासी जनजाति महिलाबाट निर्वाचित १० जना समानुपातिक सांसदमध्ये नेपाल समुहमा रामकुमारी झाँक्री र बिनादेवी बुढोथोकी मगर लाग्नुभएको छ । न्यौपाने जस्तै उहाँहरुको पनि पद धरापमा परेको छ ।

त्यस्तै खस आर्य महिलाबाट निर्वाचित ११ जनामध्ये कल्याणीकुमाारी खड्का नेपाल समुहमा हुनुहुन्छ । थारु क्लस्टरबाट सांसद बन्नुभएकी लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सतगौंवा नेपाल पक्ष लाग्नुभएको छ । त्यस्तै दलित महिलाबाट समानुपातिक सांसद बन्नुभएकी निरादेवी जैरु र पार्वतीकुमारी विसुंखे नेपालको पक्षमा लाग्नुभएको छ । मधेशी महिलाबाट निर्वाचित चार समानुपातिक सांसदमध्ये डा.पुष्पाकुमारी कर्ण र सरलाकुमारी यादव नेपाल समुहतिर लाग्नुभएको छ । यस्तै मुस्लिम महिलातर्फका कलिला खान र समिना हुसेन पनि नेपाल समुहमा लाग्नुभएको छ ।

यी हुन पद धरापमा परेका समानुपातिक सांसद
१. रामकुमारी झाँक्री, गुल्मी

२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

३. मुकुन्द न्यौपाने, काठमाडौं

४. कल्याणीकुमारी खड्का, रौतहट

५. लक्ष्मीकुमारी चौधरी, कैलाली

६. गंगा चौधरी सत्गौवा, दाङ

७. निरादेवी जैरु, डडेलधुरा

८. पार्वतीकुमारी विसुङ्खे, दैलेख

९. पुष्पाकुमारी कर्ण यादव, पर्सा

१०. सरलाकुमारी यादव, रौतहट

११. कालिला खान, तनहुँ

१२. समिना हुसेन, रौतहट

प्रत्यक्ष निर्वाचित सांसद

१. झलनाथ खनाल, इलाम १

१. माधवकुमार नेपाल, काठमाडौं २
३. योगेश भट्टराई,
४. जयकुमार राई,सुनसरी १

५. भवानी खापुङ,तेह्रथुम

६. यज्ञराज सुनुवार, ओखलढुंगा

७. गणेश पहाडी, सिन्धुली १

८. ताप्लेजुङ पवित्रा निरौला खरेल, झापा २

९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

१०.नारायण खतिवडा, नुवाकोट १

११. विरोध खतिवडा,मकवानपुर २

१२. सुरेन्द्र पाण्डे,चितवन १

१३. घनश्याम भुसाल,रुपन्देही ३

१४. गोकर्ण विष्ट,गुल्मी १

१५. मेटमणी चौधरी,दाङ १

१६. हिराचन्द्र केसी, दाङ ३

१७. ध्रुव शाही,सुर्खेत १

१८. राजवहादुर बुढा,दैलेख २

१९. झपट रावल, कैलाली २

२० . भीम रावल, अछाम १

२१ . कृष्णलाल महर्जन, ललितपुर २

२२ . सोमप्रसाद पाण्डे, पाल्पा २

२३ . दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...