केपी ओलीले ठग्ने काममात्रै गरे : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जनताको बीचमा फ्याँकिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । अब आफूले बाँचुञ्जेल जनताकै बीचबाट लड्ने निधो गरेको उनले बताए ।

छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म ३६ वर्षमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध शुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ । अब पनि मेरो लडाइँ सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु । परिणाम जनताको पक्षमा आउने छ ।’ ओलीले जालझेल र षड्यन्त्र गर्न थालेपछि आफूले विद्रोहको झण्डा उठाएको प्रचण्डले बताए ।

‘तपाईंहरू गहिरोगरी विचार गर्नुस् है । केपीले ठग्ने काममात्रै गरे । सबै ल्याएको माआवादीले हो भन्नेमा हस्ताक्षर पनि गर्ने, सबै बराबर हुन् पनि भन्ने, तर लागू नगर्ने । ठगठाग र जालझेल मात्र गर्ने । त्यही भएर मैले १९ पेज लामो दस्तावेज ल्याएको हो । त्यो तपाईंहरू पनि पढ्नु्स् । धेरै लामो छैन, एकछिन बसेर सरर्र हेर्दा भ्याइन्छ ।’ प्रचण्डले फेरि एकपटक आफ्नो कुर्सी हटाइएको प्रसंग निकाले ।

‘मैले केन्द्रीय समिति वैठक राम्रोसँग चलाएँ भनेर केपीजी नराम्रोसँग रिसाउनुभो । अनि एकदिन त मेरो कुर्सी नै हटाइदिनुभएछ । दुईवटा अध्यक्ष एकातिर बस्ने, अनि सातजना सचिवालयका दुईपट्टि बस्ने चलन थियो । यसलाई मैले देखाइदिुन्छु… भनेर माधवजीसँग भन्नुभएछ । र कुर्सी हटाइदिनुभएछ ।’

प्रचण्डले थपे, ‘मैले त्यसका लागि केपीजीलाई धन्यवाद नै थिएँ । मलाई तपाईंसँग बस्दा अप्ठेरो भएको थियो, अब उत्पीडीत ७ जनाको मोर्चा बन्यो भनेँ । साँच्चै त्यस्तै भयो । माधवजी, हामी उत्पीडीत एक ठाउँ भइयो । तर, के गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय सेटिङ गरेर हामीलाई छुट्याइदिनुभयो । फेरि पनि धन्यवाद भनेको छु ।

‘हामी सिंहदरबार वरिपरी घुम्ने भइया थ्यो । उहाँले संसद विघटन गरेर हामीलाई सडकमा पुर्‍याइदिनुभो । फेरि आम नेपाली जनताको बीचमा फाल्दिनुभो । आफूमा लागेको धुलोमैलो टक्टकाउँदै हामी जनताको बीचमा उभिएका छौं । म त पुस ५ गतेपछि निकै शक्तिशाली भएको जस्तो लागेको छ ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...