पार्टी हितविरुद्ध काम गरेपछि चार नेतालाई पर्यो यस्तो आपत



हाम्रो इकोनोमि

 

पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले) ले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको केन्द्रीय कमिटी बैठकले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । एमाले प्रवक्ता प्रलीप ज्ञवालीका अनुसार चार जना नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको कारण स्पष्टीकरण सोध्ने निर्णय भएको हो । ज्ञवालीका अनुसार पार्टीको आन्दोलनलाई कमजोर पार्न गुटगत गतिविधि गरेको, नेतृत्व विस्थापित गर्ने काममा लागेको र विभाजनकारी गतिविधि गरेकाले स्पष्टीकरण सोध्नु परेको बताउनु भयो ।

‘नेकपा एमालेलाई कमजोर गर्ने, नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने, विचार र सही नेतृत्वलाई विस्थापित गर्ने निक्कै धेरै प्रयत्नहरु भए। तर, आम जनताको साथ, नेताहरुको दृढता र कार्यकर्ताको सक्रियताको बलमा हामीले ति सबै षड्यन्त्रलाई परास्त गर्दै आन्दोलनलाई पुनर्जीवित गरेका छौँ। अब आन्दोलन नयाँ ढंगले अगाडि बढ्छ’, प्रवक्ता ज्ञवालीले भने, ‘यसो गर्नेक्रममा जो–जो नेताहरु यो आन्दोलनलाई भित्रैदेखि कमजोर गर्न गुटगत क्रियाकलापमा लाग्नुभयो, विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेतृत्व विस्थापित गर्ने काममा लाग्नुभयो, आन्दोलनलाई जनताका माझमा बद्नाम गर्ने, आन्दोलनप्रति अनास्था र वितृष्णा गर्ने काममा लाग्नुभयो। त्यो विषयलाई पार्टीले अत्यान्त गम्भीरतापूर्वक लिएको ,’ ज्ञवालीले भन्नुभयो । उहाँले त्यो गतिविधिलाई आत्मसमीक्षा गरेर आउनेलाई पार्टीमा स्वागत गर्ने बताएका छन्। उनले चार नेतालाई भने स्पष्टीकरण मात्र सोधिएको प्रष्ट पार्नुभयो । पहिलो चरणमा स्पष्टीकरण सोधिएको र त्यसको जवाफ नआए त्यसपछि अरु विषयमा निर्णय हुने जानकारी पनि उहाँले दिनुभयो ।

ज्ञवालीका अनुसार नेता नेपाल, रावल, पाण्डे र भुसाललाई एमालेको ब्यानरमा राष्ट्रिय कार्यकर्ता भेला पार्टी निर्देशन विपरित गरेको कारण स्पष्टीकरण सोधिएको हो । प्रवक्ता ज्ञवालीले फागुन २३ पछिका गुटगत गतिविधिलाई सम्य मान्न नसकिने भन्दै गुटगत भेलामा मुख्यतया जिम्मेवार रहेका चार नेतालाई स्पष्टीकरण सोधिएको बताउनु भयो ।

‘आत्मसमीक्षा गर्दै आउने साथीहरुलाई स्वागत गर्न सकिन्छ। पार्टीले उहाँहरुलाई आउनका निम्ति आह्वान पनि गरेको छ। फागुन २३ गतेभन्दा अगाडिका गतिविधिलाई एक ढंगले हेर्न सकिएला। तर, त्यस पछाडि पनि लगातार गुटबन्दी गरिरहने कुरालाई भने कदापी पनि क्षम्य मान्न सकिँदैन। क्षमा दिन सकिँदैन’, ज्ञवालीले भन्नुभयो, ‘पार्टीको नाममा त्यस्तो भेला गर्न पाइँदैन भनेर स्पष्ट निर्देशन हुँदाहुँदै पनि नेकपा एमालेकै ब्यानरमा नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला भनेर जुन ढंगको भेला गरियो यो असाध्यै गम्भीर अनुशासन विपरितको विषय भको हुनाले यस्तो गुटगत क्रियाकलापमा मुख्यतया जिम्मेवार रहनु भएका माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टिकरण माग्ने निर्णय पनि गरेको छ। बाँकी साथीहरुको हकमा उहाँहरुले गम्भीर रुपमा आत्मसमीक्षा गरेर पार्टीमा फर्किने विश्वास पार्टीले गरेको छ।’ एमालेले अव अनुशासनहीन कामलाई कुनै छुट नदिने नीतिसहित स्पष्टिकरण सोधिएको ज्ञवालीले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...