एमाले जन्माउने ओली होइन हामी हौं : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि चर्को आलोचना गरेका छन् । उनले एमाले जन्माउने मूल नेता केपी ओली नभएको भन्दै ‘एमालेको धाक’ नदिन चेतावनी दिए । आफ्नो समूहको महिला भेलालाई सम्वोधन गर्दै नेपालले भने, ‘एमाले म हुँ, मकहाँ आउनुपर्छ भन्छन् । तर उनी मूल एमाले होइनन् । बीमाले, सिमाले भने हुन्छ । एमालेको धाक नदेखाए हुन्छ । वास्तविक एमाले हामी हौं ।’ झापा आन्दोलनदेखि कुनै पनि आन्दोलनमा ओलीको भूमिका नरहेको पनि बताए । झापा आन्दोलनका सबै अगूवाहरु आफ्नो समूहमा रहेको उनको दावी थियो ।

‘त्यतिबेला ओली जेलमा थिए, जेलमा उनले कस्तो भूमिका खेले भन्ने अरु साथीहरुलाई सोध्दा हुन्छ,’ नेपालले भने, ‘मैले सुनेअनुसार त जेलमा पनि उनले अरुलाई दुख दिएका थिए ।’ ओलीलाई घमण्डले बिगारेको नेपालले बताए । ‘ओलीजी घमण्डको चुचुरोबाट तल ओर्लिनुस् । धेरै बिगारेको छ, तपाईंको घमण्ड र व्यक्तिवादले । तपाईंको वैचारिक विचलनले बिगार्यो । अहिलको लडाई यही विचारसँग जोडिएको छ ।’

ओली नेतृत्वमा आएदेखि नै पार्टीमा संकट सुरु भएको नेपालले बताए । आफूहरुले सबै अपमान र पूर्वाग्रह सहेर पनि मिलेर जाने प्रयास गरेको उनको भनाइ छ । ‘हामीले मिलेर जाउँ भनेर चुनावमा एकतावद्ध भएर जाँदा एमालेले विजय प्राप्त गर्यो । तर, त्यसलाई ओलीजीले आफ्नो निजी विजय ठान्नुभयो । आफ्नो सौर्य ठान्नुभयो ।’ नेपालले भने ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...