फेरी हँसाए पुष्पकमल दाहाल प्रचण्डले



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग गरिएको पार्टी एकताले माओवादी केन्द्रलाई फाइदैफाइदा भएको बताएका छन् । सर्वोच्च अदालतले नेकपालाई पुरानै धारमा फर्काएपछि एमाले कमजोर बनेको तथा आफ्नो पार्टी माओवादी केन्द्र थप बलियो भएको भन्दै अब पार्टीलाई एक नम्बरको बनाउन कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् । केन्द्रमा राजनीतिक विवाद चलिरहेको बेला बुधबार सिन्धुली पुगेका प्रचण्डले त्यहाँ उपस्थित आफ्ना कार्यकर्ताहरुसँग अनौपचारिक कुरा गर्दै पार्टी भिन्न–भिन्न हुँदा पनि आफूहरु कमजोर नभइ थप बलियो भएको ब्रिफिङ गरेका हुन् ।

‘हाम्रा साथीहरुलाई एकता पुरानै ठाउँमा पुगेपछि के काम लाग्यो त भन्ने पनि परेको छ,’ प्रचण्डले भने, ‘त्यो चाहिँ सत्य होइन । हामीले एकता गरेर राम्रै भएको थियो नि त ! दुईतिहाई बहुमत हामीले आफ्नो कमाण्डमा राख्यौं नि त माधवजी भलनाथजीसमेत । देशैभर हेर्दा पनि सबै प्रदेश र जिल्लामा बहुमतमा थियौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । एकता गरेर गल्ती नगरेको यो प्रमाण हो ।’ अहिले अदालतले उल्टो–उल्टो फैसला गरेपछि आफूहरुको केही नलागेको बताउँदै दाहालले एकताबाट एमालेको ठूलो पङ्क्ति आफूहरुप्रति आकर्षित भएको दाबी समेत गरेका छन् ।

‘त्यो एकताले सही पक्ष एकातिर र गलत पक्ष अर्कोतिर भएको छ । के एमाले के माओवादी । एमाले भित्रका पनि अलि इमानदार र सही पक्ष, माओवादीको त धेरैजसो एकै ठाउँ भइयो हामी । तर, हाम्रा पनि केही त गए नि फेरि,’ प्रचण्डले भने, ‘बादल र टोपबहादुर जस्ता त गए । ति औंलामा गनिने गए हाम्राचाहिँ । तर, एमालेका त हजारौं–हजार कार्यकर्ताहरुसँग हामी एक भयौं नि त ! त्यसो भएको हुनाले यो घाटा भएको होइन ।’

‘अब हामीले आफ्नो ठाउँमा उभिएर फेरि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यचाहिँ छोड्न भएन, हामी एकताको नेता हुने हो,’ प्रचण्डले भनेका छन्, ‘तर यसको अर्थ आत्मसमर्पणको नेता हुने त होइन हामी । मैले भनेँ नि १९ पृष्ठको प्रतिवेदन त ‘बम्बर त हेडक्वार्टर’ हो । हामीले आत्मसमर्पण त गरेनौं नि ।’ आफूहरु सकुशल नै बाहिर आएकाले पार्टीलाई कुनै क्षति नभएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...