एमाले संसदीय दलको बैठक बालुवाटारमा, नजाने संसदको पद खारेज
नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले संसदीय दलको नेता विशाल भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको छ । संसदीय दलको बैठक नजाने संसदको पद खारेज गर्ने एमालेका संसदीय दलका नेता ओलीले संकेत गरेको स्रोतको दाबी छ । तर, माधव नेपाल समूहले भने आज पनि राष्ट्रिय भेला जारी राखेको छ ।


