खनाल–नेपालको गुट भेलामा एकतिहाई पनि कार्यकर्ता उपस्थित भएनन्
नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल गुटको राष्ट्रिय भेला आजबाट शुरु भएको छ । सानेपास्थित एक पार्टी प्यालेसमा शुरु भएको भेलामा निक्कै कम मात्रामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।
पार्टीलाई फुटतर्फ लैजान खोजेको र प्रचण्डको कार्यकर्ता बन्न एमालेमा विग्रह ल्याएको भन्दै अधिकाशं नेता कार्यकर्ताले साथ दिएका छैनन् । भेलामा सोचेभन्दा निक्कै कम मात्र नेता कार्यकर्ता उपस्थित भएपछि सो पक्ष तनावमा देखिएको छ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।
तर, हलमा देखिएको उपस्थितिले एमालेको सिंगो पंक्तिमध्ये करिव ३० प्रतिशतमात्र उपस्थिति भएको देखिन्छ । प्रतिनिधिसभामा हाल रहेका १२० सांसद मध्ये करिव तीन दर्जन सांसद, करिव ३० प्रतिशत केन्द्रीय सदस्य, स्थानीय तहमा एमालेका तर्फबाट जितेकामध्ये केही प्रतिनिधिमात्र उपस्थित भएका छन् । तर, सो समुहका प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले भने २ हजार बढि भएको दावी गर्नुभएको छ ।
विधानको कुन धाराअनुसार बैठक बोलाएको आधार दिन नसकेको सो समुहको भेलाको अध्यक्षता झलनाथ खनालले गर्नुभएको छ भने अध्यक्षमा पराजित नेपाल विशिष्ट अतिथि बन्नु भएको छ ।


