एमालेमा अध्यक्ष र महासचिव बाहेकका पद खारेज, मंसिरमा महाधिवेशन



हाम्रो इकोनोमि

 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्दै महाधिवेशनको मिति तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।निर्णयसँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएका छन् । पार्टी प्रवक्ताको जिम्मेवारी भने प्रदीपकुमार ज्ञवालीलाई तोकिएको छ । यसअघि नेकपाको दुई समुह हुँदा पनि उहालाई नै प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आउनु भएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो । योसँगै अब एमालेको केन्द्रीय कमिटी सदस्य सङ्ख्या दुई सय ६४ पुगेको छ ।

एमालेले सातै प्रदेशका इन्चार्ज पनि तोकेको छ । जसअनुसार बादललाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ । प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनाराण मण्डल, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ । यसैबीच, एमालेको महाधिवेशन २०७८ मंसिरमा गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...