नेप्से परिसूचक ५९ अंकले घट्यो



हाम्रो इकोनोमि

 

साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेर राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५९ दशमलव ७० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ३३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८० अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचकमात्रै होइन कारोबार रकम पनि गिरावट आएको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ भन्दा कम भएको छ । बुधबार कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा सिमित भयो ।

व्यापार र पर्यटनले भने कमाए

मंगलबार नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । नेप्से परिसूचक ५९ अंक भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९ दशमलव १८ प्रतिशत अर्थात २७८ दशमलव ४९ अंकले बढेको छ ।

अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ० दशमलवग ८ प्रतिशत अर्थात १६ दशमलव ८६ अंकल बढेको छ । यी दुई समूह बढेपनि अन्य सबै समूह घट्दा समग्रमा बजार घटेको छ । बैंकिङ समूहको सबइन्डेक्स २.५० अंकले घटेको छ भने विकास बैंक २.३३ र जलविद्युत २.०८ अंकले घटेको छ । यसैगरी फाइनान्स १.९८, निर्जिवन बिमा २.६५, उत्पादनमूलक २.७६, लघुवित्त २.६१ र अन्य समूह २.१२ अंकले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...