घुस खाएर गाउँपालिकाका अध्यक्ष फरार



हाम्रो इकोनोमि

 

 

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका अध्यक्षले प्रयोग गरिरहेको सरकारी नम्बरप्लेटको गाडीबाट घुस रकम बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उक्त रकमसहित गाडीका चालक र गाडीलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ । अध्यक्ष राउत भने गाडीबाट हाम फालेर फरार भएका छन् ।

गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरुको कामको भुक्तानी दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको बताइएको छ । अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना आएपछि अख्तियारको टोलीले उनलाई घेरामा हालेको थियो । गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई पछ्याएका थिए । गाडीबाट कुदेर फरार भएका अध्यक्ष राउतको खोजी भइरहेको अख्तियारले जनाएको छ । अध्यक्ष राउत तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् । प्रधानमन्त्री केपी ओली निकट मानिने अध्यक्ष राउतसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...