यती समूहका संस्थापक शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने



हाम्रो इकोनोमि

 

 

यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो बार्षिक स्मृतिमा यही फाल्गुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ । यती एअरलान्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुने भएको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । “पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ,”–प्रवक्ता बर्तौैलाले भन्नुभयो ।

यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिम देखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।
उक्त प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ ।
प्रतियोगितामा बिजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै रु पाँच लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...