रामकुमारी झाँक्रीलाई खोज्दै प्रहरी



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले विभाजित नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछ गर्ने भएको छ ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको पुष्टि गरे । झाँक्री आफैं उपस्थित नभए पक्राउ गर्ने प्रहरीकाे तयारी छ ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उनले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृत्तिको समेत विरोध गरेकी थिइन् ।

यसले एकल महिलामाथि हिंसा गरेको भन्दै अखिल नेपाल महिला संघले कारबाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...