प्रधानमन्त्री ओलीले भने भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

आयोगको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउनु रहेकोले सरकारले त्यसमा सहयोग गर्ने तर हस्तक्षेप नगर्ने बताए ।

कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्रीले अख्तियारलाई सरकारको लाचार छायाँ बन्न नदिने प्रष्ट्याए । ‘संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्नुहोस् । भ्रष्टाचारी जोसुकै होस् दण्डित गर्न सरकारले अवरोध गर्नेछैन । अख्तियार स्वतन्त्र छ, हामी यसो गर उसो गर भन्दैनौं’, ओलीले भने ।

नेपाललाई भ्रष्टाचारीको देशकारूपमा स्थापित गराउन केही संस्था र सञ्चारमाध्यम सक्रिय रहेको भन्दै ओलीले त्यस्तो प्रयास विफल पारिने बताए । ‘भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति नेपालका सञ्चारमाध्यमहरुमा देखिएको छ । केही संस्थाहरू नेपालमा भ्रष्टाचारीबाहेक कोही जन्मदैन भन्ने पुष्टी गर्न लागेका छन् । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै भ्रष्टाचार गर्ने मात्रै नभई भ्रष्ट मनोवृत्ति राख्ने मान्छेसमेत अख्तियारसँग तर्सिएको बताए । प्रधानमन्त्री ओली सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको र त्यस्तो प्रतिबद्धता ‘ओठे’ नभएको बताए । ‘सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ । यो कुनै लिप सर्भिस होइन, व्यवहारबाटै त्यसको पुष्टी गर्दैछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...