माधव नेपालले हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराएको खुलासा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष ओलीले निर्वाचन आयोगसमक्ष अर्को तथ्य पेश गरेका छन् । त्यो के भने, सूर्य चिह्नमा माधव नेपालको पनि हक लाग्दैन । प्रचण्डले सूर्य चिह्नबाट कहिल्यै चुनाव नलडेको र लड्ने सहमतिबाट समेत पछि हटेको स्मरण ओलीले गराए ।

आयोगसमक्ष ओलीले भने– माधव नेपाल र बलराम उपाध्यायले पहिले नै हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराउनुभएको हो । हामीले सूर्य चिन्ह कायम गरेको हो । हामी त्यसयता सूर्य चिन्हमै चुनाव लड्दै आएका छौं । प्रचण्डजीसँग २०७४ असोज १४ गते सूर्य चिह्नबाट लड्ने सहमति भएको थियो, तर १६ गते त्यसबाट पछि हट्नुभयो । उहाँ कहिल्यै सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन ।

ओलीले नेकपा एकीकरण टुंगिन नसकेकाले आफूले केन्द्रीय कमिटीमा सदस्य थपेर विस्तार गरेको बताएका छन् । तीन महिनाभित्र एकीकरण सक्ने र दुई वर्षमा महाधिवेशन गर्ने भनिएकोमा त्यसो नभएकाले कमिटी विस्तार गर्नुपरेको मौखिक जानकारी समेत ओलीले आयोगलाई गराएका छन् ।

ओलीले भने– पुस ५ गतेपछि कसैले कुनै निर्णय गरेर आयौं भन्छ भने त्यो जालझेल र राजनीतिमात्र हो । दुई अध्यक्षको सहमतिमा एकता भएर त्यसलाई पछि दुवै पार्टीले अनुमोदन गरेका हुन् । त्यो एकता टुंगिन नसकेपछि मैले एकल हस्ताक्षर चल्ने पहिलो अध्यक्षको वैधानिक हैसियतमा विस्तार गरें । अहिले उहाँहरुको कार्यालय पेरिसडाँडामा छ । हाम्रो कार्यालय धुम्बाराहीमा भाडामा चलेको छ ।

नेकपा विवाद पुस ५ गतेअघिसम्म नभएकाले निर्वाचन घोषणा भइसकेपछि आयोगले दलभित्र पस्न नहुनेमा अ‍ोलीले जोड दिएका छन् । प्रधानमन्त्री तथा देशको प्रमुख पार्टीको अध्यक्ष दलविहीन र स्वतन्त्र कसरी हुन्छ भन्ने प्रश्न गर्दै उनले कुनै पनि कानून र तथ्यका आधारमा नेकपाको आधिकारिकता र आफ्नो वैधानिकतामाथि प्रश्न उठ्न नसक्ने जिकिर ओलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...