सूर्य चिन्हमा लाग्याे अघाेषित ताला, प्रचण्ड-माधवलाई ठुलो धक्का
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयाेग पुग्नुभएसँगै देशलाई चुनाव लागेकाे छ । याे सँगै सूर्य चुनाव चिन्हमा पनि उहाँ नेतृत्वकै नेकपाले अघाेषित ताला लगाएकाे छ । प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष ओली आयाेग पुग्नुकाे अर्थ सूर्य चिन्हमा अघाेषित ताला लगाउनु हाे । किनकी आयाेगले यसअघि नै नेकपा नफुटेकाे, प्रथम अध्यक्ष केपी ओली नै भएकाे र उहाँकाे हस्ताक्षर बिना केही काम अगाडि बढ्न नसक्ने बताइसकेकाे छ । यसबाट नेकपा र चुनाव चिन्ह मूलधारकै हाे भन्नेमा शंका नभएकाे नेकपा स्रोतको दाबी छ ।
मंगलबार बिहान आयाेगकाे कार्यालय पुगेर प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ का लागि तय चुनावकाे तयारीबारे जानकारी लिनुभएकाे हाे । प्रधानमन्त्री ओलीले अहिलेसम्म चुनावका लागि भइरहेकाे तयारी, आगामी कार्यक्रम लगायत विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुसँग छलफल गर्नुभएकाे उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।
थापाका अनुसार साे अवसरमा प्रमुख आयुक्त थपलियाले चुनाव गराउनुकाे विकल्प आयाेगसँग नरहेकाे जानकारी प्रधानमन्त्रीलाई गराउनुभएकाे थियाे । प्रधानमन्त्री ओली र आयाेगका पदाधिकारीबीच चुनावकै विषयमा केन्द्रित रहेर छलफल भएकाे भन्दै थापाले नेकपा विवादबारे कुरा नभएकाे जानकारी दिनुभयाे ।
प्रधानमन्त्री ओलीले आयाेगका कामकाे प्रशंसा गर्दै चुनावकाे तयारी अगाडि बढाउन सुझाव पनि दिनुभएकाे थापाले बताउनुभयाे । पुस ५ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावकाे मिति ताेक्नुभएकाे थियाे । त्यसलगत्तै प्रचण्ड समूह पार्टीबाट अलग भएकाे थियाे । साे समूह हामी नै आधिकारिक हाैं, सूर्य पनि हाम्रै हाे भनेर आयाेग धाइरहेकाे छ ।


