सरकारले निर्वाचन आयोगलाई ७ अर्ब चुनाव खर्च दिने



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगलाई सरकारले ७ अर्ब रूपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई ७ अर्ब उपलब्ध गराउने बताएका हुन् ।

आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आयोगले अर्थ मन्त्रालयसँग ७ अर्ब रुपैयाँको माग गरेको थियो ।

यस्ता छन् सरकारका निर्णयहरु

 

सरकारले आगामी वैशाख १७ र २७ गते पहिलो चरणमाा ४ वटा प्रदेश र दोस्रो चरणमा ३ वटा प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा पहिलो चरणमा वैशाख १७ प्रदेश २, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश अन्र्तगतका ४० जिल्लामा र वैशाख २७ मा बाँकी प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । यसैअनुसार निर्वाचन कार्यालयलाई सिफारिस गरिने सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

गुरुङले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४६ औँ महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको बताए ।

त्यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्ति गर्ने निर्णय गरेको छ । त्यसैगरी मलेसियाको सामाजिक सुरक्षा संस्थाहरुसँगको समझदारी पत्र स्वीकृत तथा हस्ताक्षरका लागि अख्तियारी प्रदान गरेको छ ।

वन तथा वातावरुण मन्त्रालयको प्रस्तावमा लुम्बिनी केवलकार प्रालिलाई रुपन्देही र पाल्पा जिल्ला अन्र्तगतको ६ दशमलव २७ हेक्टर राष्ट्रिय वन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिएको छ । त्यसैगरी सरकारले शिक्षा नवौ शंसोधन नियमावली संशोधन २०७७ स्वीकृत गरेको छ । निर्वाचन आयोगको दरवन्दी तथा माध्यमिक कक्षा एसईई प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...