राष्ट्रिय युवा संघको अध्यक्षमा सिंह र सह-अध्यक्षमा पौडेल चयन (पदाधिकारीकाे सूचिसहित)



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । युवा संघ र वाइसिएल एकीकरण हुनुअघिका अध्यक्ष र एकीकरणपछिका सहसंयोजक रमेश पौडेलले विदा लिएका छन् ।

युवा संघ इन्चार्ज महेश बस्नेत सहितको अध्यक्ष मण्डलले सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य जय गुरुङले नेपाल प्रेसलाई जानकारी गराए ।

बैठकले युवा संघको सह–अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ १६ गतेसम्म अध्यक्ष रहने र त्यसैदिन उनी ४० वर्ष पुग्ने भएकाले त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने समझदारी बनेको छ । त्यस्तै राष्ट्रिय युवा संघको महासचिवमा  रमेश आचार्य चयन भएका छन् ।

राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव नेपाल पक्षमा लागेपछि उनलाई हटाएर अ‍ोली पक्षले नयाँ नेतृत्व चयन गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले अध्यक्षका दाबेदारहरु रमेश पौडेल, किरण पौडेल र वचनवहादुर सिंहबीच सहमति जुटाउन केही दिनदेखि निरन्तर प्रयास गरेका थिए ।

युवा संघका पदाधिकारी

अध्यक्ष– बचनबहादुर सिंह
सह-अध्यक्ष– किरण पौडेल
उपाध्यक्ष– सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी
महासचिव– रमेश आचार्य
उपमहासचिव– रामजी सापकोटा र रमेश तिवारी
सचिव– सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई
कोषाध्यक्ष– मुकेश बुढाथोकी
सह-कोषाध्यक्ष– राकेश लामा र हिमेश केसी
निर्वाचन आयोग प्रमुख– बाबुराम पाण्डेलाई
लेखा आयोग प्रमुख– सुदीप सापकोटा, उपप्रमुख– प्रल्हाद प्रधान

प्रतिक्रिया दिनुहोस
मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...

फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज

    नेकपा एकीकृत मार्क्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै...