प्रधानमन्त्रीलाई संसद बिघठन गर्ने अधिकार छ : मन्त्री भट्ट



हाम्रो इकोनोमि

 

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई संसद बिघठन गर्ने अधिकार भएको बताउनु भएको छ । नेपाल प्रेस संगठन सुदूरपश्चिमले आज कैलालीको धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले नेपालको सम्बीधानमा प्रधानमन्त्रीले संसद बिघठन गर्न सक्ने भनि उल्लेख भएका कारण प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघठन गर्नु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बीधानमा प्रधानमन्त्रीले संसद बिघठन गर्नसक्ने भन्ने स्पष्ट लेखिएको छ, देशमा समस्या आइपरे जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन ?”

सोही कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री भट्टले नेकपाका नेता प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी मोह लागेकाले पार्टीको यस्तो गति भएको आरोप लगाउनुभयो । “प्रधानमन्त्रीको कुर्सी नपाउदा पचण्डलाई निन्द्रा लाग्न छोडेको छ”, मन्त्री भट्टले थप भन्नुभयो, “ प्रचण्ड जी ले आफुले प्रधानमन्त्रीको कुर्सी नपाउदा सँगै काम गरेको म सहकर्मीलाई समेत चिन्नु भएन दलाल भन्दै हिन्न थाल्नु भएको छ,उहाँको होस हवास नै हराए जस्तो छ ।” नेकपाका नेता द्धय प्रचण्ड–माधवले केटाकेटी पारा देखाएका कारण पार्टी र कार्यकर्ताको बिचल्ली भएको समेत मन्त्री भट्टले आरोप लगाउनुभयो । नेकपा प्रचण्ड–माधव समूहले गएको पुस १७ गते धनगढीमा आयोजित सभामा प्रचण्डले आफुलाई महादलालको संज्ञा दिएको भनेको भन्दै नेता भट्टले अपत्ति जनाउनु भएको थियो ।

सुदूरपश्चिमका अर्का नेता डा.भीमबहादुर रावलतर्फ इन्कित गर्दै मन्त्री भट्टले सम्बन्धित विषय नपढेको, जनता नबुझेको नेता डाक्टर भएपछि उनै डाक्टरलाई बोकेर हिनेका कारण प्रचण्ड–माधव लाई अहिले झनै बढी समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “थेसिस लेखेका भरमा भएका डाक्टर बोकेर पार्टी चल्छ ? पाटी चलाउन जनता बुझेको विषय पढेको बिज्ञ हुनु पर्छ ।” यसैगरी मन्त्री भट्टले आफु प्रचण्डको कार्यकर्ता नभई सहयोद्धा भएको स्पष्ट पार्नुभयो । सोही कार्यक्रमका विशिष्ठ अतिथी समेत रहनु भएका श्रम तथा रोजगारमन्त्री गौरीशंङ्कर चौधरीले प्रचण्ड–माधवको उदेश्य पबित्र नभएका कारण आफुले साथ नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रचण्ड काम्रेडसँग दश वर्षे जनआन्दोलनमासँगै हिडे साथ, सर्मथन दिए तर अहिले उहाँले अपबित्र गठबन्धन बनाएका कारण साथ छोडेको हुँ ।” मन्त्री चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राम्रा कामहरुको साथ र सर्मथन दिनका लागि आफु अहिले प्रधानमन्त्रीको साथमा रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले गरेका राम्रा कामको खुलेर प्रसंसा गर्न समेत आम नागरिकलाई आह्वान समेत गर्नु भयो । नेता चौधरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विचारमा स्खलित नेता भएको आरोप समेत लगाउनु भएको छ ।

यसैगरी प्रेस संगठनका प्र अध्यक्ष  गणेश बस्नेतले अधिकाँस श्रमजिवी पत्रकारले अहिले सम्म पनि आफुले गरेको कामको अहिले सम्म न्युनतम पारिश्रमिक नपाएको भन्दै यथाशक्य पारिश्रकिम दिन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेताले पत्रकारका कलम बन्द गराउने मिडिया आउसले पारिश्रमीक नदिने यो अन्त हुनु पर्छ ।” विमल विष्ट

प्रतिक्रिया दिनुहोस
मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...

फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज

    नेकपा एकीकृत मार्क्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै...