ओली सरकारले नेपालमै १० करोड टन फलाम निकाल्ने तयारी
धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीबाट नेपालमा नै फलाम उत्पादन गर्ने योजनाका साथ काम शुरू भएको करिब दुई वर्ष भएको छ । २०७६ साल भदौ ४ गतेको मन्त्रिपरिषद्ले नेपालमा फलाम प्रशोधन उद्योग स्थापना गर्ने निर्णय गरेको थियो ।
धौवादीमा व्यावसायिक रूपमा फलाम उत्पादन गर्न तीन वर्ष लाग्ने भएको छ । तीन वर्षपछि नेपालीले नेपालमैै उत्पादन भएको फलाम प्रयोग गर्न पाउने छन् । धौवादी फलाम कम्पनीका निर्देशक नारायण बास्कोटाले तीन वर्षपछि धौवादी फलाम खानीको व्यावसायिक उत्पादन हुने बताए । उनले भने– धौवादी फलाम खानीको व्यावसायिक उत्पादनका लागि काम भइरहेको छ ।
धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीमा फलामको वास्तविक भण्डारण खोज्ने कामलाई अगाडि बढाएको छ । खानीमा रहेको फलामको भण्डारण पत्ता लगाउन खानी वरिपरि १३०० मिटर गहिरो ड्रिलिङको काम भइरहेको बताए । गत मङ्सिर १६ गते नेपालकै इटेको आईसीजीएस कम्पनीसँग फलामका बारेमा अध्ययन गर्न सम्झौता भएको थियो । उक्त कम्पनीले खानीमा रहेको फलामको भण्डारणबारे धौवादी फलाम कम्पनीलाई प्रतिवेदन पेश गर्नेछ ।
सो प्रतिवेदन आएपछि तीन महिनाअघि चीनबाट आएको खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन बन्नेछ । ती दुई प्रतिवेदनबाट नयाँ प्रतिवेदन तयार भएपछि खानीबाट व्यावसायिक उत्पादनको काम अगाडि बढ्नेछ । बास्कोटाले भने– हामीले खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदन पाइसक्यौं । तर, व्यावसायिक रूपमा उत्पादन गर्न तीन वर्ष समय लाग्नेछ ।
सरकारी कम्पनी भएकाले यसका सबै कामहरू सार्वजनिक खरीद नियमावलीअन्तर्गत गर्नुपर्छ । नियम अनुसार सूचना निकाल्नुपर्ने र त्यहीअनुसार अगाडि बढ्नुपर्ने भएकाले व्यावसायिक उत्पादनका लागि तीन वर्ष समय लाग्ने बास्कोटाले बताए ।
प्रारम्भिक अध्ययनले खानीभित्र १० करोड टन फलाम भएको देखिएको छ । यसलाई प्रत्येक दिन १५०० टनका दरले उत्खनन गर्दा आगामी ४० वर्षलाई पुग्ने अध्ययनले बताएको छ । तर, ड्रिलिङ गरेर निकालिए त्योभन्दा कम वा बढी पनि देखाउन सक्छ । त्यसैले उक्त प्रतिवेदनले खानीभित्र धेरै फलाम रहेको देखाएको अवस्थामा व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिनेछ । ड्रिलिङको प्रतिवेदनले व्यावसायिक
उत्पादनको सम्भावना देखाएपछि उत्पादन र उत्खननमा लाग्ने लागत, बिजुली र जनशक्तिलगायतको खर्च जोडेर सम्भाव्यता अध्ययन गरिन्छ । अध्ययन पछि खानीबाट उत्पादन गरिने फलाम भारतको भन्दा महँगो पर्ने वा भारतसँग प्रतिस्पर्धा गर्न सक्ने वा नसक्ने भन्ने जानकारी दिन्छ ।
धौवादी फलाम कम्पनीले दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ । एउटा उद्योगले फलामको कच्चा पदार्थलाई प्रशोधन गरेर ३६ प्रतिशतबाट ५५ प्रतिशतमा पु¥याउने छ । ५५ प्रतिशत पु¥याएपछि त्यसलाई फलाम बनाउन नयाँ कारखाना खुल्ने निर्देशक बास्कोटाले बताए । धौवादीमा भेटिएको खानीमा जम्मा ३६ प्रतिशत फलाम पाइएको छ । औद्योगिक रूपमा फलाम उत्पादन गर्न कम्तीमा ५५ प्रतिशत फलाम हुनुपर्छ ।
त्यसैले धौवादी फलाम कम्पनीले दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ । एउटा उद्योगले फलामको कच्चा पदार्थलाई प्रशोधन गरेर ३६ प्रतिशतबाट ५५ प्रतिशतमा पु¥याउने छ । ५५ प्रतिशत पु¥याएपछि त्यसलाई फलाम बनाउन अर्को कारखाना खोल्नुपर्नेछ । सम्भाव्यता अध्ययनको प्रतिवेदन आएपछि खानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ । त्यसपछि व्यावसायिक रूपमा फलामको उत्पादन शुरू हुने बास्कोटाले बताए ।


