ओली समूहका कार्यकर्ता देखेपछि प्रचण्ड–माधवको रुवाबासी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा गरेको वृहत जनसभाको उपस्थिति देखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले ठूलो तनाब भएको छ । ओली समूहले शुक्रबार दरबारमार्गमा हजारौँ कार्यकर्ता उतारेपछि ‘प्रचण्ड–माधव’ समूहलाई तनाब भएको हो । ओली समूहले दुई लाख वीस हजार कार्यकर्ता उतारेको दाबी गरेको छ । ओली निकटका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले दुई लाखभन्दा धेरै कार्यकर्ता सडकमा उतारेको दाबी गरे । न्यौपानेले भने, ‘हाम्रो सभा बिथोल्न ‘प्रचण्ड–माधव’ले नेपाल बन्द गरे ।

विभिन्न खालका भ्रामक प्रचार गरे । तर, पनि शुक्रबार सानदार प्रदर्शन गरेका छौँ ।’ सभाभन्दा पहिला सरकारी नेकपाका नेता कार्यकर्ताले विभिन्न स्थानबाट र्‍याली निकालेका थिए । उनीहरूले ‘प्रचण्ड–माधव’विरुद्ध नारावाजी गरेका थिए । निर्वाचनको पक्षमा पनि उनीहरूको नारावाजी थियो । ‘प्रचण्ड–माधव’ निकटको युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले सरकारी नेकपाको वृहत जनसभालाई कोण सभा भनेर टिप्पणी गरेका छन् । ‘हजुरहरूले भन्नुभा’को थियो सभा कस्तो हुन्छ देखाउँछौँ’, सापकोटाले भने, ‘हामीले हे¥यौं कोणसभा जस्तो हुँदोरहेछ ।’ ओली समूहका केन्द्रीय सदस्य न्यौपानेले दरबारमार्गको जनसभामा सहभागी कार्यकर्ता नदेख्नेहरूलाई आँखा अस्पतालमा गएर नेत्र जाँच गराउने सुझाव दिएका छन् ।

‘दरबारमार्गको वृहत जनसभाका कार्यकर्ता नदेख्नेहरूलाई घरघरमा चस्मा पठाइदिन्छौँ’, उनले भने, ‘दुई लाखभन्दा धेरै कार्यकर्ता आएका थिए ।’ नेता न्यौपानेले चाहियो भने कोटेश्वर र खुमलटारमा आँखाको डाक्टर पठाइदिने बताए । ओली समूहको सभा विथोल्न ‘प्रचण्ड–माधव’ समूहले बिहीबार नेपाल बन्दको आह्वान गरेको थियो । नेकपा विभाजन भएपछि ओली नेतृत्वको सरकारी नेकपाले पहिलो पटक काठमाडौंमा शक्ति देखाएको छ । सरकारी नेकपाको सभामा राम्रो उपस्थिति रहेको जनाइएको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंका जुनियर अधिकृतले दरबारमार्गमा करीव वीस हजार कार्यकर्ताको उपस्थिति रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...