मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गर्ने बादलको चेतावनी



हाम्रो इकोनोमि

 

विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् । मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको उनले बताए ।

प्रचण्डले केहीदिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने बताएका थिए । त्यसैलाई बादलले जवाफ दिएका हुन् । ओली पक्षको आज आयोजित आमसभामा बादलले भने, ‘मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्र्ने घोषणा गरेका छन् । म उनीहरुलाई भन्न चाहन्छु मांशाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’

आफ्नो सम्बोधनका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विस्थापित गर्न षडयन्त्र भएपछि चुनावमा जानुपरेको बताए । चुनाव पनि आन्दोलनको एउटा रूप भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...